तनहुँ । दारी ग्याङ्गको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गत आइतबार युटुब मार्फत दारी ग्याङ्गको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गित सुशान्त खतिवडाले गाएका हुन् । रिल टाइम पिक्चर्सको युटुब च्यानलमा उक्त गित भिडियो सहित सार्वजनिक गरिएको हो ।
भिडियोमा दारी ग्याङ्गका जगदिश भण्डारीले अभिनय गरेका छ्न । भिडियोको निर्देशन जसोन लोप्चन र रिदेन श्रेष्ठले गरेका छ्न । उक्त भिडियोमा दारी पाल्न मन पराउने युवाहरुको समस्या देखाइएको छ ।
‘कुकुरले लखेटेको सिनको लागि ल्याइएको कलाकार कुकुर नै भागेपछि बाटोमा हिड्ने कुकुरलाई बिस्कुट खुवाउँदै फकाएर हातमा बिस्कुट बोकेर पछाडी दौडाउनु परेको थियो ।’ जगदिश भन्छन ‘अहिले सम्झिदा एउटा रमाईलो अनुभव हो सुटिङको क्षण ।’
नयाँ कुरा सिक्दै जाने क्रममा नै छु र यो एउटा नयाँ अनुभव भएको दारी ग्याङ्गका एडमिन भण्डारीले बताए । ‘सुशान्तले दारी ग्याङको सुरुवातमै गाएको यो गित केही बर्षको अन्तरालपछि छायांकनको लागि ओस्कार कलेजका साथीहरुबाट आएको प्रस्ताव मैले केही पनि नसोची भनेको थिएँ ।’ भण्डारीले भने ‘मलाई अभिनय केही पनि आउँदैन थियो तर वर्षौं देखि चलचित्रसँग सम्बन्धित कार्य नै गर्ने भएकोले यो क्षेत्रमा काम कसरी हुन्छ भन्ने अनुभव चाहिँ थियो ।’
समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ । बिगत केहि वर्ष यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो “दारी ग्याङ्ग” ।
जसले बिगत लामो समय देखि नेपालका विभिन्न स्थानहरुमा विभिन्न किसीमका सामाजिक कार्यहरु तथा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । जुन समूह भर्खरका युवाहरु तथा सबै उमेर समूहमा निकै नै लोकप्रिय रहेको छ ।
सबै दारी प्रेमी युवाहरुमा दारी पाल्दैमा कोहि खराब हुदैन, दारी पाल्नेहरुले पनि समाजको लागि केही गर्न सक्छन् भन्ने उद्देश्यका साथ अघि बढेका दारी ग्याङले जनाएको छ । ‘गालामा दारी काँधमा जिम्मेबारी’ भन्ने मुल उदघोष सहित संस्थाले क्रियाकलाप अगाडी बढाईरहेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’