पोखरा । गत वैशाख देखि नै पोखराको सेदीदेखि सराङकोटसम्मको अन्नपूर्ण केबुलकार सञ्चालन गर्ने भनिएपनि जग्गा विवादले काम अघि बढ्न सकेन । तर अब नेपाली नयाँ वर्षमा अन्नपुर्ण केबलकार प्रा.लिले केबलकारको प्राविधिक परीक्षण गर्ने भएको छ । प्रा.लि विरुद्ध सर्वोच्चमा मुद्धा परेसंगै अन्योलमा परेको सेदी देखि सराङ्गकोट केबलकारको बैशाखमा प्राविधिक परिक्षण गरिने भएको हो ।
केबलकार सञ्चालनमा ल्याउनको लागि तयारी तिव्र गतिमा अघि बढेको सञ्चालकहरुले बताएका छन् । पीडित पक्षसंगको सहमतिपछि केबलकार सञ्चालनको लागि बाटो खुलेको हो ।
पोखरामा निमार्णाधीन केबलकारको करिब ९० प्रतिशत काम पुरा भएको छ । केबलकारको लागि सम्पूर्ण सामान आइपुगेको सञ्चालकमध्ये एक तीर्थराज त्रिपाठी बताउँछन् । उनका अनुसार अब सबै जडान गर्ने काम मात्र बाँकी छ, भित्र तारको लठ्ठा हालिसकेर गण्डोला (बट्टा) जडान गरि प्राविधिक परीक्षण हुने उनले बताए ।
२४ घण्टा नै काम गरेर नयाँ वर्षमा कम्तिमा लट्टा झुण्डाएर गोण्डला राखि परिक्षणमा ल्याउने तयारी गरेको बताए । ३४ वटा बट्टा ( गोण्डला) क्षमता भएको केबलकारको लागि तत्काल ५० प्रतिशत मात्र बट्टा राखिने छ । प्रविधिक परिक्षणमा १८ वटा मात्र बट्टा राखिने बताइएको छ । एउटा सामान बोक्नको लागि प्रयोग गरिने छ भने अन्य १७ वटामा यात्रु बोक्ने छ ।
अबको तिन हप्ता भित्र जापानबाट प्राविधिक टोली समेत आउनेछन् । जापानबाट ३ जनाको प्राविधिक टोली आउने छन् । जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरी केबलकार बैशाख भित्र संचालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको उनले जनाए । सबै सामान जापानबाट ल्याइएको हो ।
माथिल्लो स्टेशन भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण भइरहेको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण हुने भएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने सञ्चालकको भनाई छ । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केबलकार निर्माण भएको त्रिपाठीले बताए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ ।
केवलकारको लागत करिब १ अर्ब ३१ करोड हो । केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो