पोखरा । गत वैशाख देखि नै पोखराको सेदीदेखि सराङकोटसम्मको अन्नपूर्ण केबुलकार सञ्चालन गर्ने भनिएपनि जग्गा विवादले काम अघि बढ्न सकेन । तर अब नेपाली नयाँ वर्षमा अन्नपुर्ण केबलकार प्रा.लिले केबलकारको प्राविधिक परीक्षण गर्ने भएको छ । प्रा.लि विरुद्ध सर्वोच्चमा मुद्धा परेसंगै अन्योलमा परेको सेदी देखि सराङ्गकोट केबलकारको बैशाखमा प्राविधिक परिक्षण गरिने भएको हो ।
केबलकार सञ्चालनमा ल्याउनको लागि तयारी तिव्र गतिमा अघि बढेको सञ्चालकहरुले बताएका छन् । पीडित पक्षसंगको सहमतिपछि केबलकार सञ्चालनको लागि बाटो खुलेको हो ।
पोखरामा निमार्णाधीन केबलकारको करिब ९० प्रतिशत काम पुरा भएको छ । केबलकारको लागि सम्पूर्ण सामान आइपुगेको सञ्चालकमध्ये एक तीर्थराज त्रिपाठी बताउँछन् । उनका अनुसार अब सबै जडान गर्ने काम मात्र बाँकी छ, भित्र तारको लठ्ठा हालिसकेर गण्डोला (बट्टा) जडान गरि प्राविधिक परीक्षण हुने उनले बताए ।
२४ घण्टा नै काम गरेर नयाँ वर्षमा कम्तिमा लट्टा झुण्डाएर गोण्डला राखि परिक्षणमा ल्याउने तयारी गरेको बताए । ३४ वटा बट्टा ( गोण्डला) क्षमता भएको केबलकारको लागि तत्काल ५० प्रतिशत मात्र बट्टा राखिने छ । प्रविधिक परिक्षणमा १८ वटा मात्र बट्टा राखिने बताइएको छ । एउटा सामान बोक्नको लागि प्रयोग गरिने छ भने अन्य १७ वटामा यात्रु बोक्ने छ ।
अबको तिन हप्ता भित्र जापानबाट प्राविधिक टोली समेत आउनेछन् । जापानबाट ३ जनाको प्राविधिक टोली आउने छन् । जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरी केबलकार बैशाख भित्र संचालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको उनले जनाए । सबै सामान जापानबाट ल्याइएको हो ।
माथिल्लो स्टेशन भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण भइरहेको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण हुने भएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने सञ्चालकको भनाई छ । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केबलकार निर्माण भएको त्रिपाठीले बताए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ ।
केवलकारको लागत करिब १ अर्ब ३१ करोड हो । केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो ।
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
माधव नेपालले विलय गराइसकेको पार्टीबाट निकाले महासचिव घनश्याम भुसालसहितका ६ नेता