तनहुँ । तनहुँको सबैभन्दा अग्लो डाडाँमा रहेको छिम्केश्वरी माई र छिम्कालेकको प्रवर्द्धनका लागि महोत्सव हुने भएको छ । आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा छिम्केश्वरी माई र छिम्कालेकको प्रवर्द्धन गर्नका लागि छिम्केश्वरीमा ‘छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव–२०७६’ को आयोजना हुने भएको हो ।
महोत्सव आयोजनाको लागि गत शनिबारदेखि तयारी सुरु भएको छ । शनिबार महोत्सव तयारीको लागि गाउँपालिका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा लाब्दी गाउँमा बृहत भेला बसेको थियो ।
भेलामा नेपाल भ्रमण वर्ष २०२० तनहुँका सदस्य एवं पर्यटन व्यवसायी हरिसिंह गुरुङ, आँबुखैरेनी गाउँपालिका स्तरीय पर्यटन प्रवर्द्धन समितिका सदस्यहरु अनिल श्रेष्ठ, ऋषि के.सी. वडा नं. ५ का वडाध्यक्ष पञ्च बहादुर गुरुङ लगायत विभिन्न संघ संस्था आमा समूह, होम स्टे समूह लगायतका प्रतिनिधीहरु सहभागी थिए ।
भेलामा महोत्सव आयोजनाका लागि बृहत छलफल भएको थियो । महोत्सव हरेक वर्ष फागु पूर्णिमाको बेला छिम्केश्वरीमा लाग्ने भव्य मेला लाग्ने मेलाको सन्दर्भ पारेर छिम्केश्वरीमा ३ दिने महोत्सव आयोजना गर्ने सहमति भएको छ । जस अनुसार आगामी फागुन २५ गते देखि २७ गतेसम्म ३ दिन महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा धार्मिक एवं ऐतिहासिक स्थलहरुको भ्रमण तथा दर्शन, विविध साँस्कृतिक कार्यक्रम सहित होमस्टेको अनुभव, पदयात्रा, स्थानीय एवं राष्ट्रिय लोकदोहोरी कलाकारहरुको प्रस्तुती स्थानीय कृषिजन्य उपजको प्रदर्शनी, जडीबुटीको प्रदर्शनी, पर्यटन विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम, आँबुखैरेनी छिम्केश्वरी खुला हाफ अल्ट्रा म्याराथन दौड प्रतियोगिता, छेलो तथा डोरी चढ्ने खेल, साँस्कृतिक झाँकी प्रदर्शनी, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, अर्गानिक खानाका स्टलहरु, फोटोग्राफि तथा दृश्यावलोकन लगायत रहने पर्यटन व्यवसायी हरिसिंह गुरुङले जानकारी दिए ।
छिम्केश्वरी महोत्सवले आँबुखैरेनीका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरी स्थानीयको आयआर्जनमा सघाउ पु¥याउने अपेक्षा लिएको आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले बताए ।
‘छिम्केश्वरी हाम्रो आधार: ग्रामिण पर्यटन विकासको पूर्वाधार भन्ने मुल नाराका साथ ‘छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव-२०७६” आयोजना गरिएकाे गाउँपालिकाका सुचना अधिकारि शिखरलाल डोटेलले बताए । उक्त महोत्सवका लागि बिहिबार समेत गाउँपालिकामा तयारि बैठक बसेको थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’