तनहुँ । तीनै तहको सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साले बताए । तनहुँको दमौलीमा गत माघ २० गतेदेखि सुरु भएको महर्षी वेदव्यासको १०८ फिट अग्लो मुर्ति निर्माणार्थ भएको श्रीमद् भागवत विराट ज्ञान महायज्ञको समापन कार्यक्रममा सो कुरा बताएका हुन् ।
‘संस्कृति बिना पर्यटन प्रवर्द्धन र सम्वृद्धि सम्भव छैन ।’ मन्त्रि लम्सालले भने ‘गण्डकी प्रदेशको धार्मिक स्थल मध्ये तनहुँमा प्रशस्त स्थान रहेको छ ।’ धार्मिक स्थलको संरक्षण गर्न गण्डकी प्रदेश सरकारले १ करोड ६० लाख रुपैयाँ तनहुँलाई छुट्टाएको मन्त्रि लम्सालले बताए ।
‘धार्मिक पर्यटन बढाउन वेदव्यासओ मुर्ति बन्नुपर्छ ।’ मन्त्रि लम्सालले भने ‘प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ ।’
दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको वेदव्यासको मूर्ति सहितको परियोजनालाई सहयोग रकम जुटाउन व्यास क्षेत्र शिव पाञ्चायन विकास समितिको आयोजनामा उक्त महायज्ञ भएको थियो । माघ २० गते देखि सुरु भएको महायज्ञमा अन्तिम दिन मंगलबारसम्म ३ करोड ५० लाख रकम संकलन भएको आर्थिक समितिका संयोजक मंगलप्रसाद श्रेष्ठले जानकारी दिए ।
उक्त क्षेत्रमा करिव ७२ रोपनी क्षेत्रफललाई समेटेर व्यासको मुख्य मूर्तिसहित २७ वटा साना व्यासका मूर्ति, प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, धर्मशाला, प्रवचन हल, योग हल, सङ्ग्रहालय, वृत्तचित्र हल, पुस्तकालय, शौचालय, बगैँचाको , पुजारी घर लगायतका भौतिक संरचना निर्माण गर्न योजना रहेको छ ।
व्यास क्षेत्रलाइ धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब ६४ करोडको लागतमा परियोजना निर्माण गर्न लागिएको कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताए । वेदव्यासको जन्मभूमि व्यास क्षेत्रलाइ धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा विकास गर्न कोष लागिपरेको श्रेष्ठको भनाई छ । परियोजनामा १०८ फिटको व्यासको मूर्ति निर्माण गर्न जमिनको सतहबाट ४० फिट अग्लो र ८० फिट चाक्लो आधार तयार पारिने अध्यक्ष श्रेष्ठले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट