तनहुँको जामुनेबाट जनयुद्ध दिवससम्बन्धी पम्प्लेट टास्‍ने विप्लव नेता पुर्णजित सहित दुई पक्राउ

तनहुँको जामुनेबाट जनयुद्ध दिवससम्बन्धी पम्प्लेट टास्‍ने विप्लव नेता पुर्णजित सहित दुई पक्राउ

Purnajit Pun

तनहुँ । जनयुद्ध दिवससम्बन्धी पम्प्लेट टाँस्दै गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुई नेता पक्राउ परेका छन् । तनहुँको म्याग्दे २ जामुने बजारमा पम्प्लेट टाँस्दै गरेका इन्चार्ज पूर्णजीत पुनसहित दुई नेतालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

पुन रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्दै आएका छ्न । पक्राउ पर्नेमा अर्को बन्दीपुर-५ बस्ने विद्यार्थी नेता अखिल क्रान्तिकारीका सदस्य पर्वत बहादुर सेढाइ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए । उनीहरू विरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको जनाएको छ । पोस्टर तथा पम्प्लेट सहित उनीहरुहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफ्ना गतिविधि बढाउँदै गएपछि पछिल्लो समय तनहुँ प्रहरीले विप्लपका नेता, कार्यकर्तामाथि निगरानी र पक्राउ गर्ने क्रममा पनि वृद्धि गरेको छ । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ