तनहुँमा विद्यालयका प्रधानाध्यापकको कुटाईबाट छात्रा घाइते, पोखरामा उपचार हुदैँ

तनहुँमा विद्यालयका प्रधानाध्यापकको कुटाईबाट छात्रा घाइते, पोखरामा उपचार हुदैँ

Kan ma hirkauda ghaite Girl

विद्यालयका प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाईबाट घाइते भएकी कक्षा ८ मा अध्ययनरत छात्रा निर्जला ढकाल ।

तनहुँ । तनहुँको व्यास नगरपालिका ९ गजौडेस्थित माहिन्द्री माविका प्रधानाध्यापकको कुटाईबाट एक विद्यार्थी घाइते भएकी छिन । विद्यालयका प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाईबाट कक्षा ८ मा अध्ययनरत छात्रा निर्जला ढकाल घाइते भएकी हुन् ।

मंगलबार विद्यालयकै समयमा प्रअ काफ्लेले कानमा हिर्काउदा निर्जलाको कानमा असर परेको उनका हजुरबुबा उदयवंश न्यौपानेले जानकारी दिए ।

दिउँसोको खाजा खाने समयमा साथीसँग विद्यालयको कम्पाउण्ड भन्दा बाहिर गएको भन्दै प्रअ काफ्लेले कक्षामा आएर गालामा हान्दा कानमा परेको र त्यसपछि कानमा असर परेको निर्जलाले बताईन ।

निर्जलाको बुधबार दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा लगिएको हजुरवुवा न्यौपानेले बताए । प्रअ काफ्लेको कुटाईपछि निर्जलाको कानबाट रगत समेत बगेको जानकारी गराइएको छ ।

प्रअ काफ्लेले आफुले सामान्य कुटपिट गरेको भन्दै आफुबाट गल्ती भएको स्वीकार गरेका छन् । छात्राको कान दुखेको बारेमा आफूलाई जानकारी गराएपछि आफैले उपचारको लागि लिएर आएको प्रअ काफ्लेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ