घाँसिकुवामा मोटरसाइकल र बलेरो ठोक्किदा चालकसहित २ जना घाइते, एकको अवस्था गम्भीर

घाँसिकुवामा मोटरसाइकल र बलेरो ठोक्किदा चालकसहित २ जना घाइते, एकको अवस्था गम्भीर

Ghasikuwa bike 11-1

तनहुँ । तनहुँको घाँसिकुवामा मोटरसाइकल र बलेरो ठोक्किदा दुई जना घाइते भएका छ्न । बिहिबार व्यास-१२ घाँसीकुवामा दमौलीबाट डुम्रेतर्फ जादैं गरेको बा २१ च ५७४१ नम्बरको बलेरो जिप र शेराबाट दमौली तर्फ आउदै गरेको ग ८ प १६४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि मोटरसाइकल चालक व्यास १२ का २७ वर्षीय कुमार परियार र उक्त मोटरसाइकलको पछाडी सवार व्यास ११ का २९ वर्षका रामचरण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।

मोटरसाइकल चालक कुमारको खुट्टा भाचिएको र पछाडी सवार रामचरणको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । रामचरणको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि दुई जनालाई नै पोखरा पठाईएको प्रहरिले जनाएको छ । अहिले घाइतेहरुको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds