लागुऔषध ओसारपसारमा स्कुटर प्रयोग: आबुखैरेनीबाट लमजुङका दुईजना पक्राउ

लागुऔषध ओसारपसारमा स्कुटर प्रयोग: आबुखैरेनीबाट लमजुङका दुईजना पक्राउ

Lagu Ausad aabu

तनहुँ । लागुऔषध सहित तनहुँको सत्रसयबाट दुईजना पक्राउ परेका छ्न । बुधबार दिउसो आँबुखैरेनी गाँउपालिका वडा नं. १ सत्रसय स्थित पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाचका क्रममा लागुऔषध सहित पक्राउ परेका हुन् ।

मुग्लिनबाट डुम्रे तर्फ आउदै गरेको ग १७ प ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा लम्जुङ दुधपोखरी गाउँपालिका वडा नं. ६ घर भई हाल सुन्दरबजार नगरपालिका वडा नं. ८ ठाडो लाईन बस्ने ३० वर्षीय आईते तामाङ र सो स्कुटरको पछाडी सवार लम्जुङ सुन्दरबजार नगरपालिका वडा नं. ६ तार्कुका २४ वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् ।

तामाङले भिरेको कालो निलो रंगको झोलामा डाईजेपाम ५२ थान, नुर्फिन ५१ थान र फेनारगन ५३ थान गरी कुल १६६ थान लागुऔषध एम्पुल फेला परेको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

उक्त स्कुटर सहित दुबै जना प्रहरीको नियन्त्रणमा रहेको र आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ