भ्यालेन्टाइन ईभमा ‘मेगा कमेडी शो’, रोलिङ स्टोन्स् जाऔं, हाँसौं

भ्यालेन्टाइन ईभमा ‘मेगा कमेडी शो’, रोलिङ स्टोन्स् जाऔं, हाँसौं

mega comedy (1)

आशिष पुरी । प्रणय दिवसको अवसरमा भ्यालेन्टाइन इभमा द कमेडी क्लबले मेगा कमेडी शो आयोजना गर्दैछ । पोखराको लेकसाइड स्थित रोलिङ स्टोन्स रक बारमा अहिले बिहिबार ६ः३० बजेदेखि कार्यक्रम हुँदैछ । कार्यक्रमको मूख्य प्रायोजन पृथ्वीचोकस्थित कुन्ती मलले गरेको छ ।

नेपालका चर्चित स्ट्यान्डअप कमेडियनद्वय सजन श्रेष्ठ र बिशाल गौतमको प्रस्तुति मूख्य आकर्षण हुनेछन् । स्थानीय कमेडियनहरु सुन्दर सुवेदी, अभिषेक लामिछाने, बिबेक गुरुङ, प्रभात अधिकारी, संगम लामिछानेको प्रस्तुतिसमेत रहनेछ ।

कार्यक्रममा प्रवेशका लागि २ सय रुपैंया तोकिएको रोलिङ स्टोन्स रक बारका सञ्चालक सञ्जिव बास्तोलाले जानकारी दिए ।

कमेडि क्लब पोखराले यसअघि दुई पटक स्ट्याण्ड अप कमेडी शो गरिसकेको छ । कार्यक्रमको अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूज डटकम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ