नाट्टा गण्डकीको नेतृत्व लिन झवि अधिकारी प्यानलको नामावली सार्वजनिक

नाट्टा गण्डकीको नेतृत्व लिन झवि अधिकारी प्यानलको नामावली सार्वजनिक

natta

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा), गण्डकी प्रदेशको नेतृत्व लिन द्वितीय उपाध्यक्ष झवि अधिकारी प्यानल नै बनाई अगाडि बढेका छन् । अधिकारी नेतृत्वको समूहले मनोनयन गर्ने गरी नामावली सार्वजनिक गरेका हुन् । पोखरामा एक कार्यक्रमका बीच यो समूहले प्यानलका नामावली सार्वजनिक गरेको हो ।

प्रथम उपाध्यक्षमा सुवास भण्डारी, द्धितिय उपाध्यक्षमा नेत्रपाणी भण्डारी (बाबुराम), महासचिवमा कुलचन्द्र शर्मा, सचिव चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी उम्मेदवार बन्नेछन् । यस्तै कार्यसमिति सदस्यहरुमा शोभाकर तिवारी, सुशिला सिग्देल, खेमबहादुर नेपाली, प्रकाश सुबेदी, फणेन्द्र थापामगर यो प्यानलबाट चुनाव लड्नेछन् । १५ सदस्यीय नाट्टा केन्द्रिय सदस्यमा २ जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

१४ पूर्व नाट्टा अध्यक्षमध्ये ८ जना झवि अधिकारीको समर्थनमा रहेको दाबी गरिएको छ । अर्को समूहको नेतृत्व प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds