पोखरा । गत वर्ष चैतदेखि नै ठगीको आरोप लागिरहेका पोखराका जसुदा पौडेल र सुरेन्द्रमणि पौडेल दम्पती अन्ततः पक्राउ परेका छन् ।
उक्त समय १० करोड ठगी गरेको आरोप श्रीमती जसुदा पौडेललाई लागेको थियो र उनी सम्पर्कविहीन थिइन् । आफूले पैसा लिएकाहरुलाई छिट्टै रकम फर्काउने आश्वासन दिएर उनी मिडियामार्फत नै सार्वजनिक भईन् । साझेदार कम्पनी स्थापना गरी झण्डै २ करोड रुपैंयामध्ये १ करोड रुपैंया श्रीमान् सुरेन्द्रमणिको खातामा ट्रान्सफर गरेकोमा त्यो पैसा फिर्ता नपाएपछि साझेदारले नै ठगी मुद्धा हालेपछि अहिले श्रीमान् श्रीमती नै प्रहरी हिरासतमा पुगेका हुन् ।
यद्यपी, कानुनी रुपमा भने दुईजना बीच गत माघमा नै सम्बन्ध विच्छेद भइसकेको छ । यसरी नै ठगी रकम श्रीमान तर्फ सारेर सम्पति जोगाउन श्रीमान् श्रीमतीको डिभोर्स खेल भनेर उतिबेलै हामीले लेखिसकेका हौं ।
पोखराको गणेशटोल निवासी जसुदा पौडेललाई लुकिछिपी बसेको अवस्थामा प्रदेश १ को खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट माघ २६ गते पक्राउ गरी पोखरा ल्याइएको डिएसपी राजकुमार केसीले जानकारी दिए ।
पोखरा २६ का सुरेन्द्रमणि, श्रीमती जसुदा र रुपन्देही सिद्धार्थनगर १२ का गणेश केसीसमेत भएर जाहेरीकर्ता अमन रेग्मीले पार्टनरशीपमा तेज जेनिया प्रालि नामक कम्पनी स्थापना गरेका थिए । कम्पनीका लागि अमन रेग्मीको नामको जग्गा धितोमा राखेर १ करोड ९० लाख ऋण लिइएको थियो । तर, १ करोड रकम सुरेन्द्रमणिको खातामा पुग्यो । त्यो पैसा फिर्ता नभएपछि दम्पती मिलेर ठगी गरेको थाहा भएपछि अमनले जाहेरी दिएका हुन् ।
जसुदा पौडेलविरुद्ध भने अन्य चेक बाउन्स मुद्दा पनि रहेको प्रवक्ता केसीले बताए । जसुदालाई ७१ लाख ४० हजार बराबरको ३ वटा चेक बाउन्स भएकोमा मुद्धा परेपछि बैंकिङ कसूर शीर्षकमा पनि अनुसन्धान थालिएको छ । जसुदा र सुरेन्द्रमणि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता केसीले बताए । उनका अनुसार जसुदाले धेरै व्यक्तिसँग पनि विभिन्न बहानामा पैसा लिएर चेक दिएको भेटिएको प्रवक्ता केसीले जानकारी दिए ।
पोखराका ब्यापारी र केहि व्यक्तिहरुसंग करोडौं रुपैया संकलन गरेकी जसुदाले फेसबुकमा छोरेपाटन ठेगाना राखेर आफ्नै नामको जसु हर्बल ब्युटी पार्लरकी प्रोपाइटरका रुपमा चिनाएकी छिन् । निकै सौखिन र स्मार्ट देखिने उनले विगत २ वर्षदेखि आफन्त र व्यवसायीसँग २० लाखदेखि २ करोडसम्म रकम लिएको श्रोतले जनाएको छ । यसरी हेर्दा सबै गरी २० करोडको हाराहारीमा उनले पैसा उठाएको आरोप लागेको छ । अहिले त साझेदारले हालेको किटानी जाहेरीको आधारमा मात्रै समातिएको हो ।
जसुदा पौडेलका पति भने आफूसँग सम्बन्ध विच्छेद भईसकेको बताउँदै आएका छन् । तर, सुरेन्द्रमणि जसुदासँग नै बस्दै आएका थिए । साना छोराछोरी भएकाले सँगै बस्नुपरेको बाध्यता रहेको उनी सुनाउँछन् । तर घटनाक्रमले भने ठगी रकम श्रीमानतर्फ सार्ने, श्रीमतीले सम्पूर्ण दोष व्यहोर्ने गरी योजनाबद्ध रहेको बलियो आशंका गर्न सकिन्छ ।
प्राइम सहकारीका डाइरेक्टर रहेका उनले आफू एक कर्मचारी भएको र श्रीमतीले आफ्नो क्षमता भन्दा बढी आर्थिक कारोवार गर्न थालेपछि घरमा विवाद भए पश्चात उनले नै डिभोर्स माग गरेपछि आफूले डिभोर्स दिएको बताउँछन् । आफ्नी श्रीमती बढी महत्वाकांक्षी हुँदा परिवार नै बिचल्ली भएको पौडेलले दोहो¥याउँदै आएका छन् ।
सम्बन्धित समाचारः
१० करोड ठगेर पोखराकी जसुदा फरार प्रकरणः के हो वास्तविकता ?
१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)
जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
हेमजामा आलु महोत्सव सुरु, पोखरालाई ब्रान्डिङ गर्न सघाउने अपेक्षा
पोखरामा पहिलोपटक ‘फ्लेयर मास्टर च्याम्पियनसिप’ चैत २७ गते
मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते