पोखरा जेसीजद्वारा स्कूल स्कूलमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

पोखरा जेसीजद्वारा स्कूल स्कूलमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

korona (1)

चीनबाट सुरु भएको महामारी रोग कोविड – १९ (कोरोना भाइरस) ले चीनमा मात्रै झण्डै १८ सयको ज्यान गइसकेको छ । ७० हजारभन्दा बढी मानिस बिरामी परेका छन् । अन्य धेरै देशमा यो भाइरस फैलिसकेको छ । चीन जस्तो विश्व शक्ति राष्ट्रलाई समेत सामना गर्न हम्मे हम्मे परेको अवस्थामा नेपालमा यस रोग भित्रिएमा कसरी नियन्त्रणमा राख्न सकिएला ? कल्पना बाहिरको कुरा हो ।

यसै रोगबारे सचेतना जगाउन पोखरामा युवाहरुको सामाजिक संस्था पोखरा जेसीज अगाडि बढ्यो । उसले पोखराका आधा दर्जन विद्यालयमा पुगेर कोरोना भाइरस सम्बन्धी जानकारी गराएको हो । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो “ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै अघि बढेको पोखरा जेसिजले सामुदायिक क्षेत्रलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।


पहिलो दिन नयाँबजार स्थित महेन्द्र उच्च माध्यमिक विद्यालय, फूलबारी स्थित शिवशक्ति मा.वि. तथा सितला देवी मा. वि.का विद्यार्थीहरुलाई सचेत गराईएको थियो ।

दोस्रो दिन बाराही उच्च माध्यमिक विद्यालय तथा भद्रकाली मा. वि.का विद्यार्थीहरुलाई नोबल कोरना भाईरस र दैनिक जिवनमा मौसमी भाईरसद्वारा प्रभाव पार्ने असर र न्यूनिकरण सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

तेस्रो दिन छोरेपाटन उच्च माध्यमिक विद्यालय तथा पार्दी मा. वि.का विद्यार्थीलाई स्वास्थ्य सचेतना प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds