किरण श्रेष्ठ, तनहुँ । पछिल्लो समय जिल्लामा वन तस्करी बढ्दै गएको छ । वन संरक्षणमा सरोकारवाला निकाय र जनप्रतिनिधिहरुको पनि खासै चासो र चिन्ता देखिदैन भने कतिपय ठाउँमा काठ तस्करीमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा मिलेमतो र दोषीलाई कारबाहीको साटो उन्मुक्ति दिन बढी सक्रिय रहेको जनगुनासो बढदै गएको छ ।
अबैध रुपमा ढुङ्गा बालुवा गिट्टी तस्करी बढी रहेको समयमा हरियो काठ समेत बिभिन्न बन जंगलबाट तस्करी हुने क्रम बढी रहेको छ ।
सब डिभिजन बन बन्दिपुर बिमलनगरले अवैध काठ नियन्त्रणमा लिएको छ । तनहुँको बन्दिपुर गाउँपालिका ५ बाहुनडाडा स्थित एक फर्निचर र घर नजिकबाट अवैध काठ नियन्त्रणमा लिइएको सहायक बन अधिकृत सुरेश कुमार भुजेलले जानकारी दिए ।

गत शुक्रबार उक्त स्थानबाट २ सय ३३.२८ क्यु फिट काठ नियन्त्रणमा लिएको भुजेलले बताए । जसमा १ सय ५६ थान सालको काठ,२ थान बर्रो र १ थान चिलाउने गरि कुल १ सय ५९ थान काठ रहेको भुजेलले जानकारी दिए ।
‘स्थानिय र प्रहरीले जानकारी दिएपछि उक्त स्थान गएर काठ नियन्त्रणमा लिएका छौ ।’ अधिकृत भुजेलले भने ‘काठ हराउने अवस्था रहेकाले अहिले कार्यालयमा ल्याएर राखेका छौ ।’ उनले थपे ‘कसको काठ हो, कसरि उक्त स्थानमा आइपुग्यो केहि थाहा छैन ।’
सो स्थानमा कुनै पनि नाम नभएको एक फर्निचर रहेको भुजेलले बताए । ‘काठमा कुनैपनि टाचा छैन ।’ भुजेलले भने ‘अहिले सम्म कोहि पनि बनको सम्पर्क आफ्नो काठ दावी गर्न आएको छैन ।’ उक्त फर्निचर संचालक र घरधनि लाई अनुसन्धानका लागि चिठ्ठि काटेर बोलाउने अधिकृत भुजेलले बताए । उनले भने ‘फर्निचर संचालक कृष्णविर गुरुङ रहेको र घरधनि प्रिया गुरुङ भएको खुलेको छ । बिना टाचा र बन कार्यालयलाई समेत कुनै जानकारी नभएको हुदाँ सो काठ अवैध भएको भुजेलले बताए ।

कसको काठ हो अब अनुसन्धान पछि नै खुल्ने भुजेलले बताए । ‘अहिले सम्म कुनै पनि सामुदायिक बनबाट आफ्नो बनमा काठ काटिएको जानकारी छैन ।’ भुजेलले भने ‘हामि अनुसन्धानको क्रममा छौ ।’
काठ लुकाएर अन्यत्र लैजाने तयारि गरिएको थाहा पाए संगै स्थानियले खबर गरेको नाम नखुलाउने सर्तमा एक स्थानियले बताए ।
काठको व्यावसायिक कटान, संकलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लंघन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ । कटान भएर ल्याउन बाँकी रहेको काठ र त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट