नियम विपरित नगरपालिका सार्न खोजेपछि तनहुँको भानुमा तनाब, १० दिन देखि आन्दोलन

नियम विपरित नगरपालिका सार्न खोजेपछि तनहुँको भानुमा तनाब, १० दिन देखि आन्दोलन

Bhnu Andolan

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिकाले नियम विपरित नगरपालिकाको कार्यालय सार्न खोजेपछि भानुमा तनाबको स्ठिती सिर्जना भएको छ । विधि र विधान विरुद्द कानुनको धज्जी उडाउदै भानु नगरपालिकाको उक्त निर्णयको व्यापक विरोध भईरहेको छ ।

गत माघ २३ गते बसेको नगरसभा र सो सभाले गरेको निर्णय अवैधानिक भएको भन्दै नगरपालिकामा उक्त निर्णयको व्यापक विरोध भईरहेको छ । सो नगरसभाले अहिले रहेको नगरपालिकाको कार्यालय भानु-२ फ़ुस्रेटारबाट कार्यालय सारेर भानु १, डुम्रे-बेशिसहर सडकखण्डको वरपर उपयुक्त स्थानमा राख्ने निर्णय गरेको छ ।

उक्त नगरसभाले केन्द्र अन्यन्त्र लैजाने निर्णय गरेतापनि कुन स्थानमा हो भनेर निश्चित गरेको छैन । भानु १ डुम्रे साजबोटे देखि अधेरीखोला सम्म पर्ने हुदाँ जतापनि राख्न सकिने खाले निर्णय नगरपालिकाले गरेको छ । सोझासाजा जनतालाई गुमराहमा राखेर केही सिमित जनप्रतिनिधि र केही सिमित व्यक्तिले मात्रा निर्णय गरि सोझा साझा जनतालाई झुक्याउने प्रपन्च भएको एक स्थानीयले बताए ।

नारामा सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने अनि कार्यान्वयन गर्ने जनप्रतिनिधिले चाहिँ उल्टो कार्यान्वयन गर्ने भन्दै भानुबासि आन्दोलनमा उत्रेका छ्न । भानु नगरपालिकाको जनप्रतिनिधिले माथिल्लो भेगका जनतालाई वाइपास गर्न खोजेको समेत आरोप लागेको छ ।

स्थानीय तह सेवा सञ्चालन अध्यादेश २०७४ मा कुनैपनि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न परेमा पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने उल्लेख छ । तर, भानु नगरपालिकाले कानूनै मिचेर मनपर्दी कार्यालय अर्को स्थानमा सार्ने गरि निर्णय गरेको भानु २ कै वडाअध्यक्ष अर्जुन खड्काले बताए ।

गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सरकारको सिफारिस अनिवार्य मानिने भएपनि भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले केहि व्यक्तिका लहलहैमा लागेर आफूखुसी कार्यालय स्थान्तरणको निर्णय गरेको स्थानीय नगरबासीले आरोप लगाएका छन् ।

सरकारको सिफारिस बमोजिम गाउँपालिका/ नगरपालिकाको नाम वा केन्द्र नेपाल राजपत्र अङ्कित सूचना प्रकाशित गरेर मात्रै हेरफेर गर्न पाउने प्रावधान विपरित भानु नगरपालिका मनोमानी ढंगले चलेको देखिन्छ । गाउँपालिका वा नगरपालिकाको केन्द्र तोक्न सिफारिस गर्नुपर्दा आवश्यक पर्ने जग्गाको क्षेत्रफल,भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेबमोजिम हुने प्रावधान रहेको छ ।

तर, उल्लेखित कानूनी प्रावधान लत्याउँदै नगरपालिका प्रमुख गौलीले फ़ुस्रेटारबाट कार्यालय सारेर अर्को स्थानमा सार्ने निर्णय गरेका छ्न । ‘मेयरको मनोमानी स्वीकार्य छैन । हामी यस्तो अवैधानिक नगरसभाको विरुद्ध आन्दोलन जारि राख्छौ’ भानु नगरपालिका वडा नं. २ का अध्यक्ष अर्जुन खड्काले भने।

नगरसभा भन्दा अघि तालिम भनेर सोहि मौका छोपी नगरपालिकाका प्रमुख गौलीले सुटुक्क नगरपालिका कार्यालय सार्ने प्रस्तावमा हस्ताक्षर गराएको भानुका एक जनप्रतिनिधिले बताए । ‘नियम मिचेर जान खोज्ने मेयर र नगरसभाको विरोधमा हामी खरो उत्रनेछौं।’ उनले भने ‘अवैधानिक नगरसभाको निर्णय खारेज गर्नुपर्छ ।’

कार्यालय सार्ने नगरसभाको निर्णय पछि हाल नगरपालिकामा विरोधले गर्दा कार्यालयमा दैनिक कार्य समेत प्रभावित बन्दै आएको छ । अहिले नगरपालिकामा भानु २ को नेतृत्वमा १० दिन देखि विरोध कार्यक्रम भईरहेको छ । भानुको २, ४, ५, ६ , १२ र १३ नम्बर वडाहरुले उक्त नगरासभाको निर्णय अवैधानिक भएको भन्दै विरोध भईरहेको छ ।

गत १० दिन देखि नगरपालिकामा विरोध हुन थालेपछि भानु नगरपालिकाका मेयर उदयराज गौली नगरपालिका कार्यालय थिएनन । तर लामो समय सम्म नगरप्रमुख नआउदा जनताका काम प्रभावित हुन थालेपछि जनस्तरबाट र सामाजिक सन्जालमा समेत व्यापक विरोध विरोध भएपछी १०औं दिन मेयर गौली मंगलबार भानु नगरपालिका गएका थिए । उनले आन्दोलनरत पक्ष संग भेटेर सम्बादका लागि मिति मिलाउन र समस्या छिट्टै समाधान गर्न समेत अनुरोध गरेका छ्न । मेयर गौलीले भने ‘छलफल भईरहेको छ अब छिटै समस्या समाधान हुन्छ ।’

कुनैपनि निर्णय नगरापालिकाको बोर्ड बैठकबाट नगरसभामा आउनुपर्ने हुन्छ । तर भानु नगरपालिकाले यस्तो कुनै पनि निर्णय बोर्ड बैठकमा नगरि नगरपालिकाको नगरसभामा ल्याएको छ । यस्तो महत्वपुर्ण निर्णय एकैपटक नगरसभा आएपछि नगरसभा मै विरोध सुरु भएको भानु नगरपालिकाका एक जनप्रतिनिधिले बताए ।

नगरपालिकाले नगरसभा सम्बन्धि सुचना नगरसभा भन्दा १ हप्ता अघि दिनुपर्छ तर भानु नगरपालिकाले त्यस्तो कुनै सुचना वडा र अन्य जनप्रतिनिधिलाई नदिएको जनप्रतिनिधिहरु बताउछन ।

भानुमा काण्ड नै काण्ड

भानु नगरपालिका केहि समय अघि नगरप्रहरी भर्ना काण्डमा विवाधित बनेको थियो । जनप्रतिनिधि तालीम भनेर नगर सभा गरेर नगरपालिका कार्यलय स्थानान्तरण निर्णयको अहिले विरोध भईरहेको छ । केहि समय अघि बहुमत र अल्पमत भन्दै वार्षिक बजेट समेत पास हुन सकेको थिएन ।

पछिल्लो समय प्रक्रिया भन्दा बाहिर गएर नगरपालिकाको कार्यलय स्थानान्तरण गर्ने निर्णय गरिएको भन्दै नगरपालिकामा सेवाग्राहीको काम नै ठप्प हुने गरि दशौं दिनमा भानुबासी आन्दोलनरत छन ।

यस्तो छ कानुनी ब्यवस्था

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ पपिरिच्छेद–२ गाउँपालिका तथा नगरपालिकाको सख्या, सीमाना तथा केन्द्र निर्धारण सम्बन्धि ब्यवस्था रहेको छ ।

परिच्छेदको गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र (१) नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोक्ने भन्ने ब्यवस्था रहेको छ । परिच्छेद २ को ३ बुँदामा गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नु परेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउनु पर्नेछ ब्यवस्था रहेको छ भने बुँदा नम्वर ४ मा उपदफा (३) बमोजिम प्राप्त भएको प्रस्ताव नेपाल सरकारले उपयुक्त देखेमा त्यस्तो गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सक्नेछ । भने बुँदा नं. ५ मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नु पर्ने ब्यवस्था रहेको छ ।
बुँदा नं ६ मा केन्द्र सार्नका लागि केन्द्रको हेरफेरको सिफारिस गर्दा उपदफा (२) मा उल्लिखित मापदण्डको अधीनमा रही गर्नु पर्नेछ भन्ने ब्यवस्था स्पष्ट रुपमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ