तनहुँ । तनहुँको पर्यटकीय स्थलको रुपमा विकसित भैइरहेको व्यास ५ मा रहेको मानहुँकोटको सरसफाइ गरिएको छ । व्यास ५ पाटनमा रहेको पाटन युवा क्लबले पर्यटकीय स्थलको सरसफाइ गरेको क्लबका अध्यक्ष अमर थापाले जानकारी दिए ।
आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्न थाले संगै मानहुँकोटमा प्रदुषण समेत बढेको छ । पर्यटकीय स्थलको सरसफाईमा युवा वर्ग भन्ने उद्देश्यले क्लबले सरसफाई गरेको क्लबका अध्यक्ष थापाले बताए ।

वर्तमान परिवेशमा युवावर्ग कुलतमा फस्ने गरेको देखिरहेको अवस्थामा क्लबले सकारात्मक सामाजिक कार्यमा युवाको भुमिका बुझाउन समेत उक्त कार्यक्रम गरेको हो ।
उक्त सरसफाई कार्यक्रममा व्यास नगरपालिकाका सरसफाई शाखा प्रमुख विमल गिरि र नायव सुब्बा भाग्यशाली ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।

मानहुँकोट सरसफाईबाट जम्मा भएको फोहोर व्यास नगरपालिकाको ट्याक्टरमा तल ल्याइएर व्यवस्थापन गरिएको क्लबले जनाएको छ ।
हिमाल हेर्न मानहुँकोट
मानहुँकोटबाट विभिन्न हिमशृङ्खला देख्न सकिन्छ । मानहुँकोटबाट दमौली बजार र वरापर मात्रै नभएर अन्नपूर्ण, माछापुच्छेलगायत हिमशृंखला सहजै देख्न सकिन्छ ।
डाँडाको उत्तरपूर्वमा रहेको दमौली, मादी र सेतीको संगमस्थल व्यास भूमि पनि यहाँबाट देखिन्छ । व्यास नगरपालिकाले दमौलीको मुख्य बजार प्रवेश गर्नुअघि मादीको पुल तलबाट बोटलको घाँटी आकारको कृतिम ताल बनाउने योजना बनाएको छ ।
यसैगरी सेतीमा तनहुँ हाइड्रो बन्दै छ । राष्ट्रिय गौरवको यो आयोजना बनिसक्दा सेतीमा ठूलो ताल बन्नेछ । यस हिसाबले डाँडाको दुवैतर्फ ताल हुनेछन् । दमौली बजारबाट गर्मी छल्न र हिमशृंखला हेर्दै तालले घेरिने उक्त डाँडा आन्तरिक र बाह्य दुवै पर्यटकका लागि रोजाइको स्थल बन्नेछ ।

तनहुँको सदरमुकाम दमौलीबाट सात किलोमिटर माथिको स्थान। ११ सय मिटरभन्दा अग्लो डाँडा मानहुँ (मानुङकोट)मा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
कसरी पुग्ने ?
तनहुँको सदरमुकाम दमौलीबाट पाटन हुँदै उकालो करिब डेढ घन्टा पैदल यात्रापछि पुगिन्छ । त्यस्तै पृथ्वी राजमार्ग सडक खण्डको चापाघाटबाट करिब ७ किलोमिटरको दुरी पार गरेपश्चात कोटमा पुग्न सकिन्छ ।
ग्रामीण कच्चि सडकले जोडिएको मानहुँ पुग्न मोटरसाइकल र जिपमा करिब आधा घण्टाको समयमा सजिलै पुग्न सकिन्छ । १ किलोमिटर सडक कालोपत्रे भईसकेको छ भने बाकी पनि कालोपत्रे हुने तयारीमा छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’