तनहुँ र कास्कीपछि स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षिय बालक घाइते (भिडियो)

तनहुँ र कास्कीपछि स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षिय बालक घाइते (भिडियो)

yunish gurung

तनहुँमा दुई वर्षदेखि चितुवा आतंक छ । कास्कीमा पनि पोखरामै बालिकाको ज्यान लियो । लगत्तै स्याङ्जा जिल्लामा पनि चितुवाले घरमै छिरेर बच्चामाथि आक्रमण गरेको छ ।

जिल्लाको भिरकोट नगरपालिका वडा नंं ९ का ११ बर्षिय युनिष गुरुङलाई मंगलबार बिहान करिब ७ बजे चितुवाले आक्रमण गरेको हो । आफै सुत्ने कोठाको खाटामुनीबाट निस्कीएर आक्रमण गरेको युनिषकी आमा जौमाया गुरुङले बताईन् । बिहान पिसाब फेर्न उठेका युनिष कोठाभित्र छिर्दा चितुवाले आक्रमण गरेर भागेको जौमायाले बताईन् ।

घाईते अवस्थामा रहेका युनिषलाई स्थानीयहरुको सहयोगमा पोखरा मणिपाल अस्पतालमा ल्याईएको र अहिले अवस्था खतरामुक्त भएको थाहाहुन आएको छ । चितुवाकै आक्रमणबाट तनहुँ र कास्कीमा गरी १० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ