घुस लिएको आरोपमा भानु नगरपालिकाका इन्जिनियर र वडासदस्य अधिकारीद्वय विरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा भानु नगरपालिकाका इन्जिनियर र वडासदस्य अधिकारीद्वय विरुद्ध मुद्दा दायर

ghus

तनहुँ । तनहुँको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडासदस्य कृष्णबहादुर अधिकारी विरुद्ध मुद्दा दायर विशेष अदालतमा मुद्दा दायर भएको छ । अधिकारी १३ नम्बर वडाका सदस्य हुन् ।

विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनका क्रममा घुस लिएको आरोपमा इन्जिनियर अधिकारी र वडासदस्य अधिकारीविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सदस्य अधिकारी र इञ्जिनीयर शुकदेव अधिकारीले सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

पोखराबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई गत माघ २६ गते रंगेहात पक्राउ गरेको थियो ।

दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ