गायिका कला लम्सालद्वारा आश्रमलाई सहयोग

गायिका कला लम्सालद्वारा आश्रमलाई सहयोग

88310424_215428156275836_2795360635464974336_n

तनहुँ । लोक गायिका कला लम्सालले मंगलबार आश्रमलाई सहयोग गरेकी छिन् ।

तनहुँको व्यास ५ चापाघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रम र सोही वडाको पाटनमा रहेको परोपकार जेष्ठ नागरिक चौतारी वृद्धाश्रमलाई गायिका लम्सालले खाद्यन सामग्री सहयोग गरेकी हुन् ।

उनले वेदव्यास जेष्ठ नागरिक आश्रमलाई सात बोरा चामल, एक बोरा दाल एक बोरा आलु, एक प्याक तेल, एक थान प्रेसर कुकर लगायत फलफुल सहयोग गरेकी हु्न् ।

त्यस्तै रोपकार जेष्ठ नागरिक चौतारीआश्रमलाई कलाले पाँच बोरा चामल, एक प्याक तेल लगायत फलफुल सहयोग गरेकी हुन् ।

राष्ट्रिय परोपकार महासंघ नेपाल तनहुँद्धारा सञ्चालित उक्त आश्रमका उपाध्यक्ष बलबहादुर रानाभाटलाई लम्सालले खाद्यन सामग्री हस्तान्तरण गरेकी हुन् ।

गायिका लम्साल तनहुँको म्याग्दे गाउपालिका जामुने घर भई काठमाडौमा बस्छिन । लोकदोहोरिको क्षेत्रमा राष्ट्रिय कलाकारको छवि बनाउन सफल गायिका समेत हुन्, कला लम्साल ।

आफनो स्व. बुबा लिलामणी लम्सालको स्मृतिमा गायिका लम्सालले उक्त सहयोग गरेकी हुनु् ।

सहयोग कार्यक्रममा बोल्दै व्यास ५ का वडा अध्यक्ष एवंम् व्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले महिलाहरुको सकृयतामा सञ्चालन भएको आश्रम एउटा सहनिय कार्य रहेको बताए ।

उनले आश्रमको पूर्वधारको लागि वडा कार्यालयले सहयोग गर्ने बताए ।

त्यस्तै गायिका लम्सालले स्व.बुबाको स्मृतिमा सहयोग गर्न पाएकोमा खुशी प्रकट गरिन् ।

मन्त्र जप्ने ओँठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ भन्ने मूलमन्त्रका साथ महिलाहरु मिलेर उक्त आश्रम सञ्चालन गदै आईरहेको आश्रमकी कार्यवाहक अध्यक्ष सकुन्तला आले बताईन् ।

विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको भए पनि २०७० सालदेखि विधिवतरुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।

विभिन्न अवसर पारी दाताहरुले सहयोग गर्न थालेपछि आश्रम सञ्चालकहरुले सहज महसुस गर्न थालेको आश्रमकी सचिव निर्मला मल्ले बताईन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ