नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड तयारी सुरु गरेको छ । मञ्चको पोखरामा बसेको १६ औं बैठकले अवार्डका लागि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
बैठकले अवार्ड कार्यक्रम सभ्य र भव्य बनाउन विभिन्न उपसमिति गठनबारे छलफल समेत गरेको छ । बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुने टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा विगतमा झंै विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । जसअनुसार लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड गरी ८ विधा रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदैआएको छ । २०७६ सालभर गरेका गतिविधिलाई आधार मानेर ३ मनोनयन सूची सार्वजनिक गरी अन्तिम दिन अवार्ड समारोहमा उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । पोखरा सभागृहमा आगामी २०७७ वैशाख २१ मा विश्व प्रेस स्वन्त्रता दिवसका दिन उक्त अवार्ड वितरण समारोह हुनेछ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो