कोरोनाको नाममा कालोबजारी गरे सामान जफत गर्ने कांग्रेस नेता भण्डारीको चेतावनी

कोरोनाको नाममा कालोबजारी गरे सामान जफत गर्ने कांग्रेस नेता भण्डारीको चेतावनी

Shankar Bhandari

काठमाडौं । कोरोनाको नाममा कालोबजारी गरे सामान जफत गर्ने नेपाली कांग्रेसका युवा नेता शंकर भण्डारीले चेतावनी दिएका छ्न ।

तरुण विभागमा हालै नियुक्त भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देशभरका तरुणलाई कालाबजारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।

बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना भाइरसको नाममा कालोबजारी हुनसक्ने भन्दै नियन्त्रण गर्न आग्रह गरेका हुन्।

भण्डारीले कालोबजारी भए तरुण दलले हस्तक्षेप गर्ने चेतावनी दिए। ‘यो संकटमा खाद्यन्न अभाव हुने आँकलन गरिएको छ। पसलहरुमा कस्तो किसिमको गतिविधि गरिरहेका छन्’ भण्डारीले भने ‘त्यसको सुक्ष्म अवलोकन अब कांग्रेसका तरुणले गर्नेछ। हामी सरकारलाई सूचना दिनेदेखि हस्तक्षेपसम्म गर्न तयार छौ । कालाबजारीका सामान जफत गरी सरकारलाई बुझाउँछौं।’

उनले कोरोना संकटबाट बच्न सरकारले औषधि र खाद्यान्न आपूर्तिमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ