पर्वतबाट चोरी भएको ट्याक्टर तनहुँ ट्राफिकको नियन्त्रणमा, ट्याक्टर धनिलाई हस्तान्तरण

पर्वतबाट चोरी भएको ट्याक्टर तनहुँ ट्राफिकको नियन्त्रणमा, ट्याक्टर धनिलाई हस्तान्तरण

Tactor Tanahun2

तनहुँ । चोरीगरि ल्याएको होल्याण्ड नामक ट्याक्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । पर्वतको कुश्मा नगरपालिका-६ शिवालय चोकबाट चोरी भएको ट्याक्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियमित चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।

कुश्माका शिव प्रसाद सुवेदीले २२ लाख ६५ हजारमा खरिद गरेको नयाँ ट्याक्टर घर अगाडि पर्किङ गरिरहेको अवस्थामा रातिअज्ञात व्यक्तिले चोरी गरेकको थियो । उक्त ट्याक्टर पर्वतबाट चितवनतर्फ लैजाने क्रममा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा फेला पारेको हो ।

डि एण्ड वि ट्रेडर्सका प्रोपाईटर बैकुण्ठ बराललाई विहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले सो ट्याक्टर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुनको मूल्य बढ्यो

ट्रेन्डिङ