आदर्श तथा तारा स्मृति कप फुटबल प्रतियोगिता फागुन २६ गतेदेखि

आदर्श तथा तारा स्मृति कप फुटबल प्रतियोगिता फागुन २६ गतेदेखि

Aadarsha & Tara Cup

तनहुँ । मनहरीमा आठौँ आदर्श तथा तेस्रो तारा स्मृती कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श नुमना युवा क्लब म्याग्दे–४ मनहरीको अयोजनामा फागुन २६ गतेदेखी प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारीलाई तिब्र पारिएको क्लबका अध्यक्ष गौरवराज रानाले जानकारी दिए । रानाका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख २३ हजार ४ सय ५६ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

उपविजेतलाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक तथा उत्कृष्ट डिफेन्डरलाई पनि पुरस्कृत गर्ने उनको भनाई छ ।

‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना’ नाराका साथ आयोजित प्रतियोगिताको फाईनल खेल चैत १ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ