किरण श्रेष्ठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ चापाघाट देखि म्याग्दे गाउँपालिकाको वडा नम्बर १ र २ मा सञ्चालित अधिकांश होटलमा भान्साको सरसफाइ नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा विहिबार गरिएको अनुगमनमा अधिकांश होटलका भान्सामा सरसफाइको अवस्था कमजोर पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको सहकार्यमा गरिएको होटल अनुगमनका क्रममा भान्साको सरसफाइ अवस्था राम्रो नरहेको सहायक प्रमुख जिल्ला अधिकारि रामेश्वर अर्यालले बताए । चापाघाटमा गरिएको अनुगमनमा भान्सामा फोहोर, भान्सामै भाँडा माझ्ने गरेको पाइएकाले त्यस्तो नगर्न र ढकनसहित डस्टबिन राख्न होटल सञ्चालकलाई सुझाव दिइएको सहायक प्रजिअ अर्यालले जानकारी दिए ।

अनुगमन टोलीले व्यास-५ चापाघाट स्थित रहेको होटल माउन्टेन रिभर भ्यु, दुना टपरी रेस्टुरेन्ट एण्ड लज, ग्रिनहिल रेष्टुरेन्ट, ए फोर खाजा घर, गोर्खाली हाईवे रेष्टुरेन्ट, म्याग्दे-१ गुणादीको द ओर्जिनल हाईवे रेष्टुरेन्ट र स्पिडब्रेकर ब्रेकर कटेज एण्ड रेष्टुरेन्ट लगायत अनुगमन गरेको थियो ।
उक्त होटल सञ्चालकलाई एक हप्ताभित्र सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिइएको र अर्कोपटक अनुगमनमा आउँदा पनि पुनः सोही अवस्था रहेको पाइए कानूनबमोजिम कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले बताए ।
अनुगमनको क्रममा भान्सामा कुकले टाउकोमा टोपी नलगाएको, डस्टबिन छोपेर नराखेको, भाडा माझ्ने गरेको पाइएकोले त्यसलाई सुधार गर्न निर्देशन दिइएको प्रमुख बरालले जानकारी दिए । अनुगमनको क्रममा होटलहरुमा मूल्यसूची उपभोक्ताले प्रष्ट देखिने ठाउँमा राख्न सुझाव दिइएको छ ।
मूल्यसूची नराखेको खण्डमा रु २० हजारसम्म जरिवाना गर्न सकिने नियम रहेको बरालले व्यवसायीलाई जानकारी गराएका थिए । “पहिला पनि केही होटलहरुमा अनुगमन गरेका थियौँ ।’ बरालले भने, ‘केहिको सुधार देखिएको छ तर अधिकांश होटलका भान्साको अवस्था राम्रो छैन । अब पनि सुधार नभए होटल व्यवसायीले कानून बमोजिम कारवाही भोग्नुपर्ने प्रमुख बरालले बताए ।
बिल काट्ने नपाइएको र ग्राहाकलाई बिल दिन र उपभोक्तालाई समेत बिल माग्न उपभोक्ता मञ्चका अध्यक्ष खेमराज अधिकारी अनुरोध गरेका छन् । ‘जरिवानाको व्यवस्था गरिएकाले पहिलेभन्दा २५ प्रतिशत सुधार भएको छ । अध्यक्ष अधिकारिले भने ‘मुल्यसुची नभएको र बढी मूल्य लिने गरेको पाइयो ।’

सरसफाईमा कमि देखिएको क्षेत्रिय होटल संघ दमौली बजार इकाईका लालप्रसाद तिमल्सेनाले बताए । सुधारका लागि सुझाव समेत दिइएको उनले बताए ।
देहव्यापार गर्ने होटललाई संघ हताइएको होटल व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष प्रेम कुमार श्रेष्ठले बताए । ‘आफ्नो व्यवसाय राम्रो र तवरबाट संचालन गरे अनुगमनबाट डराउन पर्दैन । श्रेष्ठले भने ‘अनुगमनबाट झन आफ्नै व्यवसाय सुधार गर्ने मौका मिल्छ ।’
व्यवसायीहरुले होटलको सरसफाइको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाएका छ्न । अनुगमनमा उपभोक्ता मञ्चका अध्यक्ष खेमराज अधिकारी, होटल व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष प्रेम कुमार श्रेष्ठ, क्षेत्रिय होटल संघ दमौली बजार इकाईका लालप्रसाद तिमल्सेना लगायत सहभागी थिए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’