तमू ह्युल छोंज धीं व्यासनगरको अध्यक्षमा मोति

तमू ह्युल छोंज धीं व्यासनगरको अध्यक्षमा मोति

FB_IMG_1583511980233

तनहुँ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद व्यासनगरको अध्यक्षमा मोति तमु चयन भएका छन ।

ईकाईको तेस्रो अधिवेशनबाट मोति तमुको अध्यक्षतामा ११ सदस्यीय समिती गठन भएको छ ।

त्यस्तै उपाध्यक्ष देउराज तमु, सचिवमा शरण तमु, सहसचिवमा मिलन तमु, कोषाध्यक्षमा बिन्दु तमूस्यो चयन भएका छन । त्यस्तै सदस्यहरुमा रेवती तमूस्यो, नर बहादुर तमु, कर्ण बहादुर तमु, मिना तमूस्यो, पुर्ण बहादुर तमू र थमन सिं तमू लगाएत चयन भएका छन ।

कार्यक्रममा गण्डकी प्रदेशकी सदस्य एबं तमू ह्युल छोंज धींका केन्द्रीय सदस्य सरिता गुरुङको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा परिषदका केन्द्रिय सदस्य रगबहादुर तमु, प्रदेश सचिव जीवन तमु, जिल्ला उपाध्यक्ष गंगा देबि तमुस्यो, प्ये ल्हुं संघ तनहुँका अध्यक्ष जस बहादुर तमू , केशर बहादुर तमू , मन बहादुर तमू र देव बहादुर तमुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ