नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् । कास्की काँग्रेसको शुक्रबार बसेको बैठकले जिल्ला सदस्य सिग्देललाई प्रवक्तामा मनोनयन गरेको हो । उनी २ दशकदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय छन् । नेवि संघको राजनीतिमा रहदा उनी पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघकोतर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २ पटकसम्म उम्मेद्वार बनेका थिए ।
एक पटक सदस्य र अर्काे पटक सभापति पदमा निर्वाचन लडेका उनले निर्वाचनका क्रममा सार्वजनीक मुद्वा समेत खेपेका थिए । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका क्रममा पक्राउ परेका थिए । उनी नेपाल विद्यार्थी संघ कास्कीको सभापति, नेपाली काँग्रेस क्षेत्र नं २ को क्षेत्रीय सदस्य हुँदै काँग्रेसको १३ औं महाधिवेशनमा तत्कालिन कास्की क्षेत्र नं २ बाट जिल्ला सदस्यमा अधिक मतका साथ निर्वाचित बनेका थिए । उनी नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष समेत हुन् । २ दशकसम्म पत्रकारितामा समेत क्रियाशील छन् ।
प्रवक्ता मनोनित भएसँगै उनले पार्टीलाई मजबुत र सशक्त बनाउनु आफ्नो कर्तव्य भएको बताए । जनादेशले नेकपालाई सरकार चलाउन र काँग्रेसलाई संगठन बनाउन भनेकाले संगठन निर्माणमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
बैठकले रिक्त जिल्ला सदस्य पदमा पोखरा ३१ का देवेन्द्र रानाभाट र पोखरा १७ का प्रेम परियारलाई मनोनित गरेको छ । त्यस्तै, तत्कालित नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी नेपाली काँग्रेसमा गाँभिएपछि कास्की काँग्रेसले समायोजन गरी २ पार्टीकोतर्फबाट ६ जना जिल्ला सदस्य पनि थप गरेको छ ।
जसमा अखण्ड पार्टीकोतर्फबाट पोखरा ३२ का गणेश केसी, पोखरा २१ का शोभाकर लामिछाने, अर्मलाकी मञ्जुश्री बस्नेत र फोरमकोतर्फबाट पोखरा १० का प्रज्वल रञ्जित, रुपा ७ की दक्षिणा सुवेदी र पोखरा २९की लक्ष्मी बास्तोला जिल्ला सदस्य बनेका छन्।
त्यस्तै, आमन्त्रित जिल्ला सदस्यमा पोखरा १३ का शिरोमणि बराल, पोखरा ३२ का नारायण पौडेल, माछापुच्छ«े गाउँपालिकाका मेखबहादुर गुरुङ, धितालका दीपक पौडेल, पोखरा ३१ का शिव अधिकारीलाई मनोनित गरिएको छ ।
बैठकले चैत्र १ गतेदेखि पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण अभियान संचालन गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै, प्रजातन्त्र सेनानी सोभियतबहादुर कुँवर, नेपाली काँग्रेस आर्वाका पूर्व इकाइ सभापति घनश्याम बराल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेका पिता खड्कबहादुर जङ्गली क्षेत्री, जिल्ला सदस्य नारायणप्रसाद श्रेष्ठका पिता जुननारायण श्रेष्ठ, वडा नं ३ का इकाइ सचिव कृष्ण अधिकारीका पिता रामप्रसाद अधिकारी, क्रियाशील सदस्यहरु पोखरा २९ का उदीप गुरुङ, पोखरा ३ का लेखनाथ पाण्डे र पोखरा २६ का दुर्गाबहादुर भण्डारीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो । बैठकले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब