पर्वतमा पनि चितुवा आतंकः खुर्कोटमा दिउँसै आक्रमण गर्दा ७१ बर्षिय बृद्ध घाइते

पर्वतमा पनि चितुवा आतंकः खुर्कोटमा दिउँसै आक्रमण गर्दा ७१ बर्षिय बृद्ध घाइते

ghaite chituwa bata

तनहुँमा चितुवा आतंकले ज्यान जानेको संख्या दर्जन पुग्न लागिसक्यो । कास्कीमै एक जनाले ज्यान गुमाए । स्याङ्जामा बालक मुस्किलले बचे । पर्वतमा पनि चितुवाले दिउँसै बृद्धमाथि आक्रमण गरेको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते भएका हुन् ।
कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते भए ।

घर नजिकैको बनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफू भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताएका छन् । घाइते शर्माको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उनको अबस्था भने सामान्य नै रहेको छ ।

एक साता देखि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका ३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशु चौपाया मारेपछि सर्वसाधारण त्रसित भैरहेका छन् । यसतर्फ सचेत रहन आवश्यक देखिएको छ ।
न्यूज डबलीको सहयोगमा ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ