Gandak News
Our News Your Views

फागू पूर्णिमाको दिन फेवातालमा यसरी खस्यो कार (भिडियोसहित)

  • 2K
    Shares

कोरोना भाइरसको कारण फागूपिूर्णिमाको रौनक यस वर्ष हेवात्तै घट्यो । यस दिन भिड नियन्त्रण र अवाञ्छित गतिविधि हुन नदिन प्रहरीलाई सकस हुन्थ्यो । यस वर्ष भने हाइसञ्चो बन्यो । होलीका दिन केही दुर्घटना पनि हुने गर्दथे । यस वर्ष भने दिनभर एउटा दुर्घटना भयो ।

पोखराको फेवातालमा सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भए । खपौदीबाट लेकसाइड तर्फ आउँदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार मध्यान्ह पौने १२ तिररातोमाटो डाँडा नजिकैबाट तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको प्रहरीले जनाएको छ । होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको