रुखबाट खसेर देवघाटमा बोटेको मृत्यु

रुखबाट खसेर देवघाटमा बोटेको मृत्यु

तनहुँ । तनहुँको देवघाटमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट-५ देउती खोला स्थित पुरानो बस्ति बस्ने ७० वर्षीय लाल बहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भिम बहादुर अस्लामी मगरको ओईलानि जग्गामा सांजको रुखमा घास झार्ने क्रममा हाँगा भाचिएर भुईमा खस्दा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखबाट अन्दाजी ३० मिटर तल भुईमा खस्दा उक्त घटना भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ