कोरोना प्रभाव: तनहुँका विद्यालयमा परीक्षाको कार्यतालिका परिवर्तन, शनिबार पनि परिक्षा हुने

कोरोना प्रभाव: तनहुँका विद्यालयमा परीक्षाको कार्यतालिका परिवर्तन, शनिबार पनि परिक्षा हुने

received_885487265225981

किरण श्रेष्ठ, तनहुँ । तनहुँका स्थानीय तहले परीक्षाको कार्यतालिका परिवर्तन गरेका छन् ।

संसारभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा लिई सक्ने सूचना गरे अनुसार परीक्षा कार्यतालिका परिवर्तन गरेका हुन् ।

व्यास नगरपालिकाले फागुन २८ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको छ । यसअघि चैत ९ गते गर्ने भनिएकोमा नयाँ तालिका अनुसार फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको छ । शनिबार पनि परिक्षा हुने व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै भानु नगरपालिकाले पनि आज फागुन २८ गतेदेखि चैत ५ सम्मको परिक्षा सुरु गरेको छ । त्यस्तै देवघाट गाउँपालिकाले भने फागुन २८ गतेदेखि चैत ६ गतेसम्म परिक्षा संचालन हुने जनाएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि परीक्षा फागुन २७ गते मंगलबार देखि परिक्षा सुरु गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग भएको बैठकले फागुन २७ देखि चैत ५ गतेसम्म परिक्षा गर्ने निर्णय गरेको थियो । कक्षा ८ बाहेकका परिक्षा विद्यालय आफैले लिदै आएको छ ।

मंगलदेखि सुरु भएको विद्यालयको परिक्षा अनुगमन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा ।

यसअघि कक्षा ८ को परिक्षा चैत ९ गते निर्धारण गरिएको थियो । ऋषिङ्ग गाउँपालिकाले भने फागुन २९ गते देखि चैत ६ गते सम्म परिक्षा संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै घिरिङ्ग गाउँपालिकाले भने फागुन २९ गते देखि चैत ५ गते सम्म परिक्षा संचालन गर्ने निर्णय गरेको छ । शनिबार समेत परिक्षा लिने निर्णय भएको छ ।

त्यस्तै भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आबुखैरेनी गाउँपालिकले भने फागुन २७ गते मंगलबारबाट कक्षा १–९ सम्मको परिक्षा सन्चालन गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ