तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालक घाइते, पोखरामा उपचार हुँदै

तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालक घाइते, पोखरामा उपचार हुँदै

chituwa

तनहुँ । चितुवाको आक्रमणमा परी ९ वर्षीय बालक गम्भिर घाइते भएका छन् ।

तनहुँको बन्दिपुर-५ याम्पा स्थित कुमालटारी भन्ने ठाउँमा बुधबार साँझ करिब ८:१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा स्थानीय लालबहादुर र मिरा नेपालीका ९ वर्षीय छोरा अनुप नेपाली घाइते भएका हुन् ।

घर नजिकै छिमेकीको घरमा भएको विवाहको कार्यक्रम हेरेर आमा र अन्य बालबालिकासंगै घर तर्फ फर्कदै गर्दा चितुवाले अचानक आक्रमण गरेको थियो ।

आमासंगै भएकाले तत्कालै हारगुहार गरी चितुवाबाट बालकलाई छुटाउन सकिएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए ।

चितुवाले आक्रमण गर्दा बालकको घाँटीमा गम्भिर चोट लागेको र उनिको डुम्रे स्थित मोती मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको श्रेष्ठले जानकारी दिए ।

घाइते नेपालिको अव​स्था सामान्य​ र​ सुधार​ उन्मुख​ रहेको डिभिजन कार्यालय तनहुँ प्रमुख केदार बराल जानकारी दिए । केही दिन​को उप​चार​ प​छि नेपालिलाई डिस्चार्ज​ गरिने उप​चार​मा सं​ल​ग्न​ डाक्ट​रलाई उद्धृत गर्दै प्रमुख बराल जानकारी दिए ।

९ जनाको मृत्यु, ५ घाइते

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ५ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो ।

यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन ।

चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।

त्यस्तै २ वर्षको अवधिमा ५ जना बालबालिका चितुवाको आक्रमणबाट घाइते छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ