तनहुँ । तनहुँबाट माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको लागि ६ हजार भन्दा परीक्षार्थी सहभागी हुने भएका छन । आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ६ हजार २ सय ८१ जना छात्रछात्रा सहभागी हुने भएका हुन् ।
जिल्लाका १ सय ७८ विद्यालयका विद्यार्थीहरु सहभागी हुने परिक्षाका लागि २४ वटा केन्द्र तोकिएको शिक्षा समन्वय एकाइ तनहुँका प्रमुख रमकान्त शर्माले जानकारी दिए ।
उनले थपे ‘परीक्षालाई मर्यादित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनेछौ ।’ शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी दल सँग समन्वय गरेको प्रमुख शर्माले बताए ।
‘ऋषिङमा र घिरिङ गाउँपालिकामा केन्द्र थपेका छौ ।’ उनले भने ‘विद्यालयहरु मर्ज भएकाले र भौगोलीक हिसाबको कारणले केन्द्र थपेका हौ ।’
गत वर्ष व्यास नगरपालिकामा ७, म्यादे गाउँपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा ७, भिमाद नगरपालिकामा १, बन्दिपूर गाउँपालिकामा ३, भानगाउँपालिकामा ३, आबुँखैरेनी गाउँपालिकामा १ र देवघाट गाउँपालिकामा १ वटा मात्र परिक्षा केन्द्र रहेको थियो ।
परीक्षालाई मर्यादित ढङ्गबाट सञ्चालन गर्न शान्ति सुरक्षामा विशेष जोड दिने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद शिलवालले एक केन्द्रमा सात देखि आठ जना प्रहरी रहने बताए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन