तनहुँबाट एसईईमा ६ हजार भन्दा बढी विद्यार्थी सहभागी, चैत ६ गतेबाट परिक्षा शुरू हुने

तनहुँबाट एसईईमा ६ हजार भन्दा बढी विद्यार्थी सहभागी, चैत ६ गतेबाट परिक्षा शुरू हुने

exam

सांकेतिक तस्बीर ।

तनहुँ । तनहुँबाट माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको लागि ६ हजार भन्दा परीक्षार्थी सहभागी हुने भएका छन । आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ६ हजार २ सय ८१ जना छात्रछात्रा सहभागी हुने भएका हुन् ।

जिल्लाका १ सय ७८ विद्यालयका विद्यार्थीहरु सहभागी हुने परिक्षाका लागि २४ वटा केन्द्र तोकिएको शिक्षा समन्वय एकाइ तनहुँका प्रमुख रमकान्त शर्माले जानकारी दिए ।

उनले थपे ‘परीक्षालाई मर्यादित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनेछौ ।’ शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी दल सँग समन्वय गरेको प्रमुख शर्माले बताए ।

‘ऋषिङमा र घिरिङ गाउँपालिकामा केन्द्र थपेका छौ ।’ उनले भने ‘विद्यालयहरु मर्ज भएकाले र भौगोलीक हिसाबको कारणले केन्द्र थपेका हौ ।’

गत वर्ष व्यास नगरपालिकामा ७, म्यादे गाउँपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा ७, भिमाद नगरपालिकामा १, बन्दिपूर गाउँपालिकामा ३, भानगाउँपालिकामा ३, आबुँखैरेनी गाउँपालिकामा १ र देवघाट गाउँपालिकामा १ वटा मात्र परिक्षा केन्द्र रहेको थियो ।

परीक्षालाई मर्यादित ढङ्गबाट सञ्चालन गर्न शान्ति सुरक्षामा विशेष जोड दिने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद शिलवालले एक केन्द्रमा सात देखि आठ जना प्रहरी रहने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ