तनहुँ । आठौँ आदर्श तथा तेस्रो तारा स्मृती कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि व्यास युवा क्लब दमौलीले जितेको छ । तनहुँको म्याग्दे–४ मनहरी मैदानमा भएको फाइनल खेलमा आयोजक आर्दश नमुना क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै व्यास युवा क्लबले उपाधि जितेको हो ।
उपाधिसंगै बिजेताले एक लाख २३ हजार ४ सय ५६ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक आदर्श नमुनाले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
खेलमा व्यास युवा क्लबले पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो भने दोस्रो हाफमा पनि उत्कृष्ट खेल पस्कदै व्यासले दुई गोल थपेको थियो । आदर्श नमुनाले पनि खेलमा गोल गर्ने केही अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्योे ।
सेमिफाईनलमा व्यास युवा क्लबले जनहित युवा क्लबलाई २–० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आयोजक आदर्श नमुनाले दोभान युवा क्लबलाई १–० ले पराजित गर्दै व्याससंगको उपाधि भिडन्त पक्का गरेको थियो ।
विजेता टिमलाई म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष रानाले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताले गाउँपालिको पहिचान बढाउनुका साथै युवाहरुलाई खेलप्रति आकर्षण गर्ने बताइन् ।
उनले अब खेल खेलेर मात्र नहुने भन्दै राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्य खेलाडी तथा आयोजकले लिनु पर्ने बताइन् । रानाले खेलकुदको विकासका लागि छिट्टै गाउँपालिकाले पनि अध्यक्ष कप संचालन गर्ने जानकारी दिदै युवाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिन् ।
‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २८ समुहले सहभागीता जनाएका थिए । फोटो: गोलनेपालडटकम
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला