सेवा प्रवाह छिटो छरितो र नागरिकमैत्री बनाउन तनहुँको म्याग्दे गापाले संचालन गर्यो हेल्प डेस्क

सेवा प्रवाह छिटो छरितो र नागरिकमैत्री बनाउन तनहुँको म्याग्दे गापाले संचालन गर्यो हेल्प डेस्क

Help Desk Myagde Tanahun

तनहुँ । तनहुको म्याग्दे गाउँपालिकाले पालिकाको कार्यालय तथा सात वटै वडामा नागरिक सहायतका कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ ।

सेवा प्रवाह सहज, छिटो, छरितो तथा नागरिक मैत्री बनाउन गाउँपालिकाले नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

गाउँपालिकाका प्रवक्ता शिवशरण वाग्लेका अनुसार सेवाग्राहीलाई पालिकाले हेल्प डेस्कमा राखेको कर्मचारीले निवेदन दिने प्रक्रिया, लेख्ने तरिका सिकाउने तथा लेखिदिने गर्ने तथा कार्यालय प्रयोजनका लागि आवश्यक परेको फोटोकपी पनि निशुल्क गरिदिने छ ।

सम्भवत देशभरिमा स्थानिय तह मध्ये म्याग्दे गाउँपालिकाले पहिलोपटक हेल्प डेक्स स्थापना गरि उदारणिय कार्य गरेको गाउँपालिकाको दाबी छ ।

बोल्ने कलाको विकास नभएका, निरक्षर, शारिरिक कमजोरीले गर्दा राम्रोसँग लेख्न, पढ्न नसक्ने जस्ता सेवाग्राहीलाई सहयोग पु¥याउने उदेश्यले सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाकी अध्यक्ष मायादेवि रानाले बताईन ।

नागरिक सहायक कक्षले सेवा लिन नसकेर अलमल परिरहेने सर्वसाधरणलाई सहयोग पुग्ने अध्यक्ष रानाले बता ईन।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ