तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरस (कोभिड १९)को शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।
कोरना भाईरस (कोभिड १९) संक्रमितको बिरामीको स्वास्थ्य परिक्षण गर्न १२ शैय्याको आइसोलेसन तयार भएको अस्पतालका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताए ।
सो कक्षमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।
डा.श्रेष्ठका अनुसार शुक्रबारदेखी उक्त वार्ड स्थापना गरिएको हो। अस्पतालको तेस्रो तल्लामा जनरल वार्डको उत्तरतर्फ आईसोलेसन छ । अस्पतालमा हालसम्म कोरोनाको शंकास्पद बिरामी परिक्षणका लागी नआएको श्रेष्ठले बताए ।
गण्डकी प्रदेश सरकारले तनहुँको जिपीसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।
त्यस्तै बन्दिपुर गाउँपालिकाले पनि आइसोलेसन वार्ड राख्ने तयारी गरेको छ । बन्दिपुर अस्पतालमा आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले बताए । उनका अनुसार गाउँपालिकाले कोरोना भाइरस र डेगींको संक्रमणबाट जोगाउनलाई सचेतना कार्यक्रम गर्न हिउँदे गाउँसभाले पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’