कोभिड-१९: तनहुँको जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना

कोभिड-१९: तनहुँको जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना

Gp_koirala

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरस (कोभिड १९)को शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।

कोरना भाईरस (कोभिड १९) संक्रमितको बिरामीको स्वास्थ्य परिक्षण गर्न १२ शैय्याको आइसोलेसन तयार भएको अस्पतालका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताए ।

सो कक्षमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।

डा.श्रेष्ठका अनुसार शुक्रबारदेखी उक्त वार्ड स्थापना गरिएको हो। अस्पतालको तेस्रो तल्लामा जनरल वार्डको उत्तरतर्फ आईसोलेसन छ । अस्पतालमा हालसम्म कोरोनाको शंकास्पद बिरामी परिक्षणका लागी नआएको श्रेष्ठले बताए ।

गण्डकी प्रदेश सरकारले तनहुँको जिपीसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

त्यस्तै बन्दिपुर गाउँपालिकाले पनि आइसोलेसन वार्ड राख्ने तयारी गरेको छ । बन्दिपुर अस्पतालमा आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले बताए । उनका अनुसार गाउँपालिकाले कोरोना भाइरस र डेगींको संक्रमणबाट जोगाउनलाई सचेतना कार्यक्रम गर्न हिउँदे गाउँसभाले पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ