घर-घरै पानीका धारा पाएपछि स्थानिय हर्षित: तनहुँको ठिन र नयाँगाउँकोटमा ‘एक घर, एक धारा’

घर-घरै पानीका धारा पाएपछि स्थानिय हर्षित: तनहुँको ठिन र नयाँगाउँकोटमा ‘एक घर, एक धारा’

Khanepani Dhara thin

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ स्थित ठिन र नयाँगाउँकोटमा एक घर एक धारा अभियान पुरा भएको छ । ‘एक घर एक धारा’अभियान अन्तर्गत शनिबार व्यास-१४ स्थित ठिनमा ६० र नयाँगाउँकोटमा ११ गरि ७१ घरमा सफा स्वाच्छ खानेपानीको धारा धारा जडान कार्य सम्पन्न गरिएको हो ।

लामो समयदेखी खानेपानीको समस्या भोग्दै आएका तनहुँको व्यास नगरपालिका–१४ ठिन र नयाँगाउँकोटको समस्याको समाधान भएको छ ।

व्यास नगरपालिकाको आर्थिक सहयोग तथा उपभोक्ता समितिको आर्थिक संगै श्रमदानबाट गाँउको प्रत्येक घरमा धारा जडान भएको हो ।

व्यास-१४ का वडाध्यक्ष काजिमान श्रेष्ठले चुनावको बेला ठिन र नयाँगाउँकोटका स्थानियलाई गरेको प्रतिवद्धता पुरा गर्दै गाँउमा एक घर एक धारा अभियान मार्फत ७१ वटा घरमा धारा जडान कार्य सम्पन्न गरिएको हो ।

व्यास नगरपालिकाको १६ लाख ५० हजार र उपभोक्ताको ४ लाख गरि कुल २० लाख ५० हजार लागतमा गाँउका ७१ घरमा धारा जडान गरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । धारा जडान संगै एक ग्राग्री पानी ल्याउन एक बिहान समय लाग्ने बाध्यता हटेको कराँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर थापाले बताए ।

बिहान झिसमिसेमै उठेर पानीको लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएपछि गाँउका महिलाहरु निकै खुशी भएका छन् । खानेपानी लिन एक बिहान हिडेर जानुपर्ने बाध्यता हटेर घर कै धारामा पानी आउन थालेपछी दङ्ग छिन स्थानीय जुना थापा ।

गाउँदेखि टाढा रहेको मूलको पानी बोकेर खाँदै आएका त्यस क्षेत्रका बासिन्दालाई लिफ्टिङ प्रणाली मार्फत व्यास नगरपालिकाले घरघरमा खानेपानीको व्यवस्था गरेको हो ।

व्यासको नगरस्तरीय बजेटबाट वडामा खानेपानीको सुविधा पुर्याइएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । ‘कुल ८२३ घरधुरीमध्ये अझै ९० घरधुरीमा खानेपानीको सुविधा पुर्याउन बाँकी छ ।’ वडाध्यक्ष श्रेष्ठले भने, ‘यसै आर्थिक वर्ष २०७६–७७ भित्रमा जडान गर्ने लक्ष्य राखिएको छ ।’

वडाध्यक्ष श्रेष्ठका अनुसार रुम्सीमा १ सय १३, ठिन र नयाँगाउँकोटमा ७१, कुलुङकोटमा २१, हर्कपुरको ३६ घरमा मास्दीमा ४९, सोधेर मरौटेमा ४६, छाब्दी कैजलेमा ३८, बेलभञ्ज्याङमा २२, राशिभञ्ज्याङमा २२ घरधुरी लगायत स्थानमा खानेपानी धारा जडान गरिएको छ । छाब्दी, कुलुङ र केशवटार क्षेत्रका २५० घरधुरीमा आव २०७४–०७५ मा नै धारा निर्माण गरिसकिएको थियो ।

यहि आर्थिक वर्षमा वडाको बाँकी ९० घरमा धारा जडान गर्ने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले थपे ‘गजौदी मूल बृहत खानेपानी योजनाको समेत डिपिआर निर्माण गारो कृषि उत्पादनमा समेत पानिको व्यवस्थापन गर्नेछु ।’

खानेपानी धाराको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै न्यौपानेले व्यासको १४ नम्बर वडाबाट सुरु भएको ‘एक घर एक धारा’ अभियान नगरपालिकाको सबै वडामा अभियानको रुपमा रहेको उनले बताए ।

स्थानीय सरकारको स्रोत साधानले ठुला विकासका योजना ल्याउन नसके पनि चुनावको बेलामा गरेका प्रतिवद्धता पुरा गर्ने प्रमुख न्यौपानेले बताए ।

आवश्यकताको प्रथाकिताको आधारमा क्रमिक रुपमा विकास अघि बढ्ने उनले बताए । व्यास १३ र १४ मा एसओएस बालग्रामको १० करोड रुपैयाँ बराबर शिक्षाको कार्यक्रम संचालन भएको प्रमुख न्यौपानेले बताए ।

कार्यक्रममा व्यास १३ का वडाअध्यक्ष लेखबहादुर राना, कार्यपालिका सदस्य नरीमाया रानाले विकासको सवालमा सबैको धारणा साझा हुनुपर्नेमा जोड दिए । नगरपालिकाको जुनसुकै वडामा आवश्यक भएका विकासका पुर्वाधार विस्तार गर्न सबैले पहल गर्ने उनीहरुको भनाइ थियो ।

कराँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालि कांग्रेस तनहुँका विश्व बास्तोला, अष्ट्रेलियन भोलेनटिएर एण्ड्रयु र स्टेफिनले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds