पोखरा । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड पोखरा र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले संयुक्त रुपमा पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रिलाई निशुल्क मास्क वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण आम मानिसमा देखिएको सन्त्रासलाई मध्यनजर गरि मानिसहरुमा जनचेतना फैलाउने उद्देश्यले पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले पोखरामा निशुल्क रुपमा मास्क वितरण गरि कोभिड १९ बाट बचाउनका लागी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अन्नपूर्ण क्लवका अध्यक्ष रोहित गिरीले जानकारी दिए ।

क्लबले मङगलबार पृथ्वीचोकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई ५०० ओटा मास्क वितरण गरी समाजमा आउने परिस्थितिलाइ सामना गर्न जुनसुकै वेला पनि तयार रहेको दुवै क्लवका सदस्यहरुले बताए । 
यस्तै बढ्दै गईरहेको प्रकोपका कारण राज्यले पनि भिडभाड हुने ठाँउहरु सपिङ मल, सार्वजनिक मेला महोत्सव तथा पठनपाठन हुने ठाँउमा हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा अत्यावश्यक वस्तुहरु माक्स र सेनेटरिजको सहज रुपमा उपलब्ध गराउनुपर्ने पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गनेश भण्डारीले बताए ।
उनले आगामी दिनमा थप सचेतनामुलक कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन