कोरोना विरुद्ध सचेतना फैलाउदै रोट्रयाक्ट: पैदलयात्रीलाई निशुल्क मास्क वितरण

कोरोना विरुद्ध सचेतना फैलाउदै रोट्रयाक्ट: पैदलयात्रीलाई निशुल्क मास्क वितरण

received_678379782704308

पोखरा । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड पोखरा र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले संयुक्त रुपमा पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रिलाई  निशुल्क मास्क  वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण आम मानिसमा देखिएको सन्त्रासलाई मध्यनजर गरि मानिसहरुमा जनचेतना फैलाउने उद्देश्यले पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले पोखरामा निशुल्क रुपमा मास्क वितरण गरि कोभिड १९ बाट बचाउनका लागी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अन्नपूर्ण क्लवका अध्यक्ष  रोहित गिरीले जानकारी दिए ।


क्लबले मङगलबार पृथ्वीचोकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई ५०० ओटा मास्क  वितरण गरी समाजमा आउने परिस्थितिलाइ सामना गर्न जुनसुकै वेला पनि तयार रहेको दुवै क्लवका सदस्यहरुले बताए । 
यस्तै बढ्दै गईरहेको प्रकोपका कारण राज्यले पनि भिडभाड हुने ठाँउहरु सपिङ मल, सार्वजनिक मेला महोत्सव तथा पठनपाठन हुने ठाँउमा हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा अत्यावश्यक वस्तुहरु माक्स र सेनेटरिजको सहज रुपमा उपलब्ध गराउनुपर्ने पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गनेश भण्डारीले बताए ।

उनले आगामी दिनमा थप सचेतनामुलक कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ