किरण श्रेष्ठ, तनहुँ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै दमौली अस्पतालमा पनि कोरोनाको डरले चेकजाचका लागि आउनेको सङ्ख्या बढ्दो छ ।
सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले दमौलीमा पनि विशेष गरेर बच्चाहरुलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने सङ्ख्या केही देखिएको दमौली अस्पतालका डा.दिवस ढकालले बताए । “चौतर्फी चर्चाले होला, आत्तिँदै कोरोना त लागेन भनेर जाँच गर्न आउनेको सङ्ख्या अलि बढी छ,” डा ढकालले भने, ‘हामी उहाँहरुलाई उपचार मात्र होइन कोरोनाको विषयमा परार्मशसमेत प्रदान गर्दछौँ ।’
ढकालका अनुसार सामान्य रुघाखोकी लाग्नासाथ कोरोना आशङ्काले अस्पताल आउन थालेको भन्दै अहिले दैनिक २ सय ५० भन्दा बढी बिरामी अस्पताल आउन थालेका छन् । अहिलेसम्म दमौली अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामी फेला नपरेको उनको भनाइ छ ।
कोरोना फैलिएको देशबाट आएका, सामान्य रुघाखोकी, ज्वरोभन्दा उच्च जोखिम भएका, श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरु भेटिएमा उनिहरुलाई छुट्टै राखेर जाँच गर्ने, परामर्श, उपचार गर्ने व्यवस्था नभएको दमौली अस्पतालका अध्यक्ष प्रदिप अधिकारिले बताए ।
‘अस्पतालमा क्वारेन्टाइन बनाउने ठाउँ पनि छैन । अध्यक्ष अधिकारिले भने ‘हाम्रो स्वास्थ्यकर्मीलाई नै कोरोनाबाट सुरक्षित रहेर कसरि उपचार गर्ने भन्ने बारे जानकारी छैन ।’ उनले थपे ‘कोरोना परिक्षणका लागि आवश्यक सामाग्री समेत छैन ।’
देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको व्यास नगरपालिकाका कृष्ण थापाले बताए । “जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,” थापाले भने, “यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हुँ ।”
बच्चाहरुलाई अहिले धुलो, धुवाँ र मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो आउने भएकाले नआत्तिन स्वास्थ्यकर्मी सुझाब दिने गरेका छन । यस्ता बिरामीलाई सम्झाइबुझाइ गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको चिकित्सक बताउछ्न । कोरोना सन्त्रासका कारण अहिले अस्पताल तथा मेडिकलहरुमा मास्क किन्न आउने मानिसको सङ्ख्या समेत बढेको छ ।
सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको दमौली अस्पतालकी रेकर्डर माधवी पोख्रेलले बताईन । ‘यो मौसम परिवर्तनको समय भएकाले रुघाखोकी र भाइरल ज्वरो धेरैलाई लाग्न सक्छ,’ पोख्रेलले भनिन, ‘कोरोना भाइरसको डरले बच्चादेखि पाका मानिसहरु पनि मलाई कोरोना त लागेको छैन भनेर आफैँ सोध्नुहुन्छ । यस्तो सङ्ख्या बढ्दो क्रममा छ ।’
कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५७ देशमा फैलिएको छ। कोरोनाकै कारण अहिलेसम्म ४७ देशका ६ हजार ४८० जनाले ज्यान गुमाएका छन्।
तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६८ हजार १३४ जना संक्रमित हुँदा सोमबार बिहानसम्म६ हजार४८० जनाको मृत्यु भएको हो ।
कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १६) यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ ।
सम्बन्धित खबर
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने