बन्दिपुर गाउँपालिकाद्वारा व्यवसायिलाई ५० प्रतिशत कर छुट

बन्दिपुर गाउँपालिकाद्वारा व्यवसायिलाई ५० प्रतिशत कर छुट

Bandipur-Rural-Municipality

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाले गाउँपालिका भित्र रहेको व्यवसायिहरुलाई ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको काेराना भाइरसकाे संक्रमण बढ्दै जान थालेपछि गाउँपालिकाले उक्त निर्णय लिएको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले बताए ।

त्यस्तै घरभाडा व्यवसायि र बैंक बित्तीय संस्थाहरुलाई समेत घर भाडा तथा ब्याजदरमा सहुलियत दिन आग्रह गरिएको छ ।

गाउँपालिका भित्रका व्यवसायिलाई केहि मात्रामा भएपनि राहत दिन सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ