तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा बिहिबार बजार अनुगमन गरिएको छ ।
कोरोना भाइरसको कारण बजारमा देखिन सक्ने समस्या तथा कालोबजारीलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी रानाले बताईन ।
अनुगमन टोलीले किराना पसल, होटल र मासु पसल लगायतमा अनुगमन गरेको थियो ।

टोलीले आफ्नो पसल र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई गाउँपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको र मूल्य सूची, साइनबोर्ड, नापतौल प्रमाण पत्र राख्न समेत सुझाब दिएको छ ।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बजार अनुगमनलाई निरन्तरता दिइने बताए ।
अनुगमनको क्रममा धेरै जसो पिय पदार्थ, सुजी र मसलाहरुमा म्याग्द गुज्रिएका पाइएको छ ।
म्याद गुज्रिएका खाद्य वस्तु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गरिएको बजार अनुगमनमा म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाको विशेष उपस्थितिमा बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी , उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समिति , सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन