म्याग्दे गाउँपालिकामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य पदार्थ बरामद

म्याग्दे गाउँपालिकामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य पदार्थ बरामद

received_531550851111857

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा बिहिबार बजार अनुगमन गरिएको छ ।

कोरोना भाइरसको कारण बजारमा देखिन सक्ने समस्या तथा कालोबजारीलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी रानाले बताईन ।

अनुगमन टोलीले किराना पसल, होटल र मासु पसल लगायतमा अनुगमन गरेको थियो ।


टोलीले आफ्नो पसल र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई गाउँपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको र मूल्य सूची, साइनबोर्ड, नापतौल प्रमाण पत्र राख्न समेत सुझाब दिएको छ ।

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बजार अनुगमनलाई निरन्तरता दिइने बताए ।

अनुगमनको क्रममा धेरै जसो पिय पदार्थ, सुजी र मसलाहरुमा म्याग्द गुज्रिएका पाइएको छ ।

म्याद गुज्रिएका खाद्य वस्तु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गरिएको बजार अनुगमनमा म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाको विशेष उपस्थितिमा बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी , उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समिति , सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ