म्याग्दीमा जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा ल्याइयो

म्याग्दीमा जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा ल्याइयो

dangnam acc

म्याग्दीमा जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । गम्भीर दुई जनालाई बेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा ल्याइएको छ ।

घाइतेमध्ये ९ वर्षीय मिञ्जा पुन र ४१ वर्षीय देवी गर्वुजालाई थप उपचारको लागि एयर डाइनेष्टीको हेलिकोप्टरमार्फत मणिपाल अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

दुर्घटनामा परी सुकमायाँ गर्वुजा, युवी गर्वुजा, मनबहादुर तीलिजा, हमायाँ पुन, बर्षा शेरपुञ्जा, साविना शेरपुञ्जा घाईते भएको प्रहरीले जनाएको छ । उनीहरूको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा ग २ च ५९८८ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ आठ जना घाइते भएका थिए । दग्नामबाट बेनीतर्फ आउँदै गरेको जीप दुर्घटनामा परि घाइते भएकाहरूमध्ये गम्भीर दुई जनालाई बेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ