२५ भन्दा बढी मलामी नआउन अनुरोध, पशुपतिको आरती भोलिदेखि बन्द

२५ भन्दा बढी मलामी नआउन अनुरोध, पशुपतिको आरती भोलिदेखि बन्द

Pashupatinath-Temple-27-600×400

काठमाडौं । सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटमा सूचना दिइसकिएको छ । उनले सामूहिक भजनर्कीतन पनि रोकिएको बताए । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं,’ उनले भने,’अपेक्षा छ कि सबैले यसको पालना गरिदिनुहुनेछ ।’

उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । उनले अघि भने,’विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।’

कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ ।

त्यसगरी घाट र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds