तनहुँको व्यास नगरपालिकामा प्रधानाध्यापकको जम्बो बैठक, सरकारको निर्देशन बेवास्ता

तनहुँको व्यास नगरपालिकामा प्रधानाध्यापकको जम्बो बैठक, सरकारको निर्देशन बेवास्ता

received_1468434893307365

तनहुँ । विश्वभर अहिले कोरोना भाइरसको संक्रमण महामरिका रुपमा फैलिरहेको छ । नेपाल सरकारले कोरोना भाईरसबाट बच्नको लागि विभिन्न निर्णयहरु गरिसकेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन सरकारले आग्रह गरे छ ।

त्यस्तै सरकारले स्कुल, कलेज चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

तर तनहुँको व्यास नगरपालिकाले कोरोना भाईरसको संक्रमणको रोकथामका लागि सरकारले गरेको निर्णयको बेवास्ता गदै शुक्रबार नगरपालिकाको सभाहलमा विद्यालयका प्रधानाध्यापकहरुको बैठक बसेको छ ।

उक्त बैठकमा करिब ५० जनाको उपस्थिती रहेको थियो ।

बैठकमा रहेका केहिले मात्र मास्क प्रयोग गरेका थिए भने अधिकांश बिना मास्क नै थिए ।

व्यास नगरपालिकको कार्यालय प्रवेश गेटमा हेल्प डेस्क राखिएको छ । प्रवेश गर्दा सबैले सेनिटाईजर प्रयोग गरेतापनि अधिकांश बिना मास्क बैठकमा सहभागी थिए ।

व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीका अनुसार साप्ताहिक रुपमा बस्ने प्रधानाध्यापकहरुको बैठकमा क्यालेन्डर निर्माण, पुस्तक वितरण सम्बन्धी छलफल गर्नको लागि निम्न माध्यमिक र माध्यमिक तहमा प्रधानाध्यापकहरु लाई छुटा-छुटै राखि बैठक बसेको दावी गरे । तर बैठक भने सबै एउटै हलमा बसेको थियो ।

छुटा-छुटै राखेर बैठक बस्ने भनिएको तर प्रधानाध्यापकहरुले नमानेको कारण एकै ठाँउमा राखी बैठक बसेको शिक्षा शाखाको एक कर्मचारीले जानकारी दिए ।

यता प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले २५ जना भन्दा बढी राखेर बैठक बस्न नहुने बताए ।

‘सबै स्थानिय तहले सरकारको निर्णय मान्नुपर्छ’ प्रजिअ अधिकारीले भने भनेको ‘सबै समयमै सावधानी अपनाउनुपर्छ ।’

उनले जिल्ला प्रशासन कार्यालय तनहुँले सबै साबधानी अपनाउदै विभिन्न ठुलो कार्यक्रमहरु समेत स्थगित गरिएको बताए ।

प्रजिअ अधिकारीका अनुसार सार्वजनिक बसहरुमा चेकिङ गदै २५ जना भन्दा धेरै नराख्न आग्रह गरिएको बताए ।

कोरोना भाईरसको सक्रमंण नेपालमा नदेखिए पनि सबैले साबधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउन्छन् ।

स्कुल बन्द गर्ने सरकारको निर्णय

सरकारले स्कुल, कलेज चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds