तनहुँ । विश्वभर अहिले कोरोना भाइरसको संक्रमण महामरिका रुपमा फैलिरहेको छ । नेपाल सरकारले कोरोना भाईरसबाट बच्नको लागि विभिन्न निर्णयहरु गरिसकेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन सरकारले आग्रह गरे छ ।
त्यस्तै सरकारले स्कुल, कलेज चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
तर तनहुँको व्यास नगरपालिकाले कोरोना भाईरसको संक्रमणको रोकथामका लागि सरकारले गरेको निर्णयको बेवास्ता गदै शुक्रबार नगरपालिकाको सभाहलमा विद्यालयका प्रधानाध्यापकहरुको बैठक बसेको छ ।
उक्त बैठकमा करिब ५० जनाको उपस्थिती रहेको थियो ।
बैठकमा रहेका केहिले मात्र मास्क प्रयोग गरेका थिए भने अधिकांश बिना मास्क नै थिए ।
व्यास नगरपालिकको कार्यालय प्रवेश गेटमा हेल्प डेस्क राखिएको छ । प्रवेश गर्दा सबैले सेनिटाईजर प्रयोग गरेतापनि अधिकांश बिना मास्क बैठकमा सहभागी थिए ।
व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीका अनुसार साप्ताहिक रुपमा बस्ने प्रधानाध्यापकहरुको बैठकमा क्यालेन्डर निर्माण, पुस्तक वितरण सम्बन्धी छलफल गर्नको लागि निम्न माध्यमिक र माध्यमिक तहमा प्रधानाध्यापकहरु लाई छुटा-छुटै राखि बैठक बसेको दावी गरे । तर बैठक भने सबै एउटै हलमा बसेको थियो ।
छुटा-छुटै राखेर बैठक बस्ने भनिएको तर प्रधानाध्यापकहरुले नमानेको कारण एकै ठाँउमा राखी बैठक बसेको शिक्षा शाखाको एक कर्मचारीले जानकारी दिए ।
यता प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले २५ जना भन्दा बढी राखेर बैठक बस्न नहुने बताए ।
‘सबै स्थानिय तहले सरकारको निर्णय मान्नुपर्छ’ प्रजिअ अधिकारीले भने भनेको ‘सबै समयमै सावधानी अपनाउनुपर्छ ।’
उनले जिल्ला प्रशासन कार्यालय तनहुँले सबै साबधानी अपनाउदै विभिन्न ठुलो कार्यक्रमहरु समेत स्थगित गरिएको बताए ।
प्रजिअ अधिकारीका अनुसार सार्वजनिक बसहरुमा चेकिङ गदै २५ जना भन्दा धेरै नराख्न आग्रह गरिएको बताए ।
कोरोना भाईरसको सक्रमंण नेपालमा नदेखिए पनि सबैले साबधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउन्छन् ।
स्कुल बन्द गर्ने सरकारको निर्णय
सरकारले स्कुल, कलेज चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’