भारतबाट आउने हरेक नेपालीको निगरानी गरिने

भारतबाट आउने हरेक नेपालीको निगरानी गरिने

coronavirus_scare_india

काठमाडौं । सरकारले भारतबाट आउने हरेक नागरिकको निगरानी गर्ने बताएको छ । नेपाल–भारत सीमा नाका बन्द भइ नसकेको अवस्थामा गृह मन्त्रालयले आइतबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सीमा क्षेत्रमा अनुगमनलाई तीब्र बनाएको छ । महामारीको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण र अनुगमनलाई पनि तीब्र बनाइएको जनाइएको छ । जिल्लाका कर्मचारीलाई पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रण लागि बनाइएको ‘एक्सन प्लान’ मा केन्द्रित गरिएको अधिकारीले बताए ।

‘सीमाको प्रभावकारी अनुगमन र हेल्प डेस्कलाई प्रभावकारी बनाउने हामीले कर्मचारीलाई पनि परिचालन गरेका हौं’, अधिकारीले भने । सामाजिक सञ्जालमा कारोनासम्बन्धी अफवाह फैलाउनेविरुद्ध पनि निगरानी बढाइएको उनले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ