तनहुँ । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबारदेखि नागरिकता, राहदानी सिफारिसलगायतका सेवाहरु बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारिले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह २१ गतेसम्मका लागि बन्द गरिएको बताए । उक्त समय अवधिमा कार्यालय भने खुल्ला रहने प्रजिअ अधिकारिले बताए ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउपुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरि कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले गरेको निर्णयअनुरूप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट १३ हजार ६९ जनाको मृत्यु
महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’