कोभिड–१९ : जिल्ला प्रशासन कार्यालय तनहुँकाे सेवा बन्द

कोभिड–१९ : जिल्ला प्रशासन कार्यालय तनहुँकाे सेवा बन्द

DaoTanahun

तनहुँ । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबारदेखि नागरिकता, राहदानी सिफारिसलगायतका सेवाहरु बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारिले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह २१ गतेसम्मका लागि बन्द गरिएको बताए । उक्त समय अवधिमा कार्यालय भने खुल्ला रहने प्रजिअ अधिकारिले बताए ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउपुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरि कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले गरेको निर्णयअनुरूप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट १३ हजार ६९ जनाको मृत्यु 

महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds