तनहुँ । तनहुँको व्यास नगरपालिकामा प्रत्येक वडा कार्यालयले विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरी नगरपालिका कार्यालयमा अभिलेख दैनिक रुपमा पठाउनुपर्ने निर्णय गरेको छ ।
व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा कोरोना भाईरस बिरुद्दको अभियानमा आइतबार बसेको व्यास नगरपालिका नगर कार्यपालिकाको आकस्मिक वैठकले उक्त निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वडासँग विदेशबाट फर्कनेको अद्यावधिक विवरण मागेको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार भएको रोकथाम तथा नियन्त्रण कार्ययोजना मन्त्रालयले हरेक वडाको विवरण मागेको हो ।
मन्त्रालयद्वारा स्थानीय तहरूलाई आइतबार जारी परिपत्रमा भनिएको छ, ‘प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरूको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सोको संख्यात्मक विवरण दैनिक रुपमा मन्त्रालयमा पठाउने ।’
मानिसहरूको दैनिक जमघट हुने सार्वजनिकस्थलहरू दैनिक रुपमा सरसफाइ गरेर संक्रमणरहित बनाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा