सरकारी कार्यालय बन्द गरिदै, सर्वसाधारण घर भित्रै बस्नुपर्ने

सरकारी कार्यालय बन्द गरिदै, सर्वसाधारण घर भित्रै बस्नुपर्ने

Meeting

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति बैठक । फोटो : लोकेन्द्र केसी

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ ।

ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन ।

सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो ।

स्रोतका अनुसार मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय हुँदैछ । प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्दैछ ।

यसैबीच सरकारले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामाग्रीहरु हवाइजहाज चार्टर गरेर ढिलोमा शनिबारसम्म खरिद गरेर ल्याउने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सामान तथा उपकरणको अभाव भएकाले केही ढिला भए पनि अब सबै आवश्यक सामानहरुको व्यवस्था गरिने पोखरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ