कोरोना नियन्त्रणका लागि यस्तो छ नेपाली सेनाको तयारी

कोरोना नियन्त्रणका लागि यस्तो छ नेपाली सेनाको तयारी

nepal army

काठमाडौ । विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड(१९) को उच्च जोखिमलाई मध्यनजर राख्दै नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरस रोकथाम तथा सम्भावित महामारी न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) सम्बन्धी कुनै केस आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथी तथा अधिकृतहरु सहितको टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिटहरु तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले कोभिड(१९ सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरी क्वारेन्टाइन क्याम्प सेटअप गर्न तथा उक्त भाइरस विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको र उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा सचेतनामूलक कार्यक्रम संचालन गदै स्थानीय स्तरमा क्वारेनटाइन क्याम्प सेटअप गर्ने काम शुरु गरेको जनाएको छ ।
यसै क्रममा हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आईसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सिमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरेको दावी गरेको छ । त्यस्तै सेनाले विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको छ ।

कोरोना भाइरस न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गरेको पनि सेनाले जनाएको छ ।
नेपाली सेनाका परिचालित सकलदर्जाको सुरक्षाको लागि आवश्यक पीपीई मास्क, पञ्जा तथा सेनिटाईजर उपलब्ध गराउनुका साथै सेना आफैले माक्स पि.पि.इ. तथा सेनिटाईजरको उत्पादन समेत शुरु गरिसकेको जनाएको छ ।

कोरोना भाईरसबारे नेपाल सरकारको निर्देशन बमोजिम सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालिम, दैनिक रुपमा हुने पि.टि. परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाईएको छ । नेपाली सेनाका सकलदर्जालाई कोरोना भाईरस (कोभिड(१९) बारे जानकारी गराई विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र बिदा छुट्टी लिन भनिएको छ ।
बिदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा इनडोर क्वरेन्टाइनमा राखी एकिन पश्चात डिउटीमा लिने व्यवस्था मिलाईएको छ ।सेनाको व्यारेक हाताभित्रका वासस्थानहरुमा समेत खाटहरुको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था मिलाईएको र सकलदर्जालाई व्यारेक हाताभित्र नै लक डाउन गरिएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको जनाएको छ ।
जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds