तनहुँमा लकडाउन उल्लंघन गर्दै सडकमा मोटरसाइकल र सर्वसाधारण, बजार बन्द

तनहुँमा लकडाउन उल्लंघन गर्दै सडकमा मोटरसाइकल र सर्वसाधारण, बजार बन्द

Damauli Tanahun Police

तनहुँ । कोरोना भाइरसको त्रासका कारण सरकारले नेपाल लकडाउन गर्ने घोषणा गरेको छ । तर तनहुँको सदरमुकाम दमौलीमा भने लकडाउनको पहिलो दिन उल्लेख मात्रामा मोटरसाइकल चलिरहेका छन ।

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते नेपाल लकडाउनको घोषण गरेको छ ।

दमौलीमा लकडाउन उल्लंघन भएको पाइएको छ । केही सवारीको कागजपत्र राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्ण बहादुर अधिकारीले बताए ।

त्यस्तै दमौलीमा सर्वसाधारणहरु सडकमा निस्केको समेत पाइन्छ । सडकमा सवारी साधानहरु गुड्ने क्रम रोकिएको छैन ।

तनहुँको डुम्रे बजार ।

यता लक डाउन घोषणा संगै तनहुँको दमौली, डुम्रे, दुलेगौंडा, खैरेनीटार आबुखैरेनि लगाएतका बजार भने पूर्ण रुपमा बन्द रहेको छ ।

छिटफुट रुपमा खुलेका पसलहरु समेत प्रहरीले बन्द गराएको छ ।

लक डाउन कार्यान्वयन गर्न तनहुँमा प्रहरी सक्रिय रुपमा लागि परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

लकडाउन उल्ङघन गरिएको भन्दै सर्वसाधारणले भने सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरिरहेका छन ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ