तनहुँ । भारतको विभिन्न सहरमा अध्ययनका लागि गएका विद्यार्थीलाई स्वास्थ्य परिक्षण पछि पोखरा जान अनुमति दिइएको छ ।
२२ विद्यार्थीसहित पोखरा तर्फ आउदै गरेको यात्रुवाहक बसलाई गण्डकी प्रदेशको प्रवेशद्वार मुग्लिन स्थित पुलाजिपमा रोकिएको थियो ।
उक्त बसमा सवार सम्पुर्णको स्वास्थ्य परिक्षण गरेपछि पोखरा जना अनुमति दिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
बसका अन्य ४ कर्मचारीको पनि स्वास्थ्य परिक्षण सामान्य देखिएकाले बस छोडिएको प्रहरीले जनाएको छ ।
भारतको विभिन्न सहरमा अध्ययन गर्न गएका २२ विद्यार्थी शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सको ग १ ख ९०१८ नम्बरको बसमा सवार छन ।
‘भारतको देहरादुन लगाएत विभिन्न सहरमा अध्ययन गर्न गएका विद्यार्थी आफ्नो घर फर्केका रैछन ।’ डिएसपी लामिछानेले भने ‘स्वास्थ्य परिक्षणमा सबै सामान्य देखियो ।’ उनले थपे ‘घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरि बस र विद्यार्थीलाई जान अनुमति दिएका हौ ।’
फिवर थर्मल गनको सहायताले उनीहरुको स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले बताए ।
अहिले एम्बुलेन्स, खाद्यान्न, प्रेस, सुरक्षा निकायको मात्र सवारी चलेको उनले बताए । ‘बिहान केहि प्राइभेट सवारी चलेतापनी अहिले चलेको छैन ।’ प्रहरी निरिक्षक सुवेदीले भने ‘औषधि पसल, तरकारी पसल र पेट्रोल पम्प मात्रै खुल्ला छ ।
उनीहरु विभिन्न ठाउँमा चेकिङ पार गर्दै आएका बताइएको छ । प्रदेश ५ सरकारले अनुमति दिएपछि पोखराका विद्यार्थी सवार सो बस मुग्लिङ हुँदै पोखरा प्रवेश गर्न लागेको थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’