कोरोना प्रभाव: तनहुँमा कैदीबन्दी भेटघाट पुर्णरुप बन्द

कोरोना प्रभाव: तनहुँमा कैदीबन्दी भेटघाट पुर्णरुप बन्द

Karagar Tanahun

तनहुँ । तनहुँको दमौली स्थित कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई पुर्ण रुपमा बन्द गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको जिल्ला कारागार कार्यालय तनहुँले जनाएको छ । कारागार व्यवस्थापन विभागको अर्को निर्णय नहुदाँ सम्म भेटघाट पुर्णरुपमा बन्द गरिएको हो ।

त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि स्वास्थ्य जाँच गर्न दमौली अस्पताल संग समन्वय गरि व्यवस्था गरिएको छ ।

कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजाने व्यवस्था मिलाइएको कारागार तनहुँका जेलर नारायण अधिकारिले बताए ।

अहिले कारागार तनहुँका आफ्नो स्वास्थ्यकर्मी छैन त्यसैले दमौली अस्पताल संग सहकार्य गरि कैदीबन्दिको उपचार गराउदै आएको छ ।

गत शुक्रबार सम्म कैदीबन्दीलाई अत्यावश्यक रुपमा भेट्न दिईएको भएपनि अब भने पुर्ण रुपमा भेटघाट बन्द गरिएको जेलर अधिकारिले जनाकारी दिए । उनले थपे ‘कारागारमा टेलिफोनको व्यवस्था छ, कैदिबन्दिलाई परिवार संग फोनबाट कुराकानी गर्ने व्यवस्था मिलाईएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ